कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण
काठमाडौं। कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका दुईजना पत्रकार रहेको खुलेको छ।

वाणगंगा नगरपालिका ८ का २४ वर्षीय र कपिलवस्तु नगरपालिका १ का २९ वर्षीय दुईजनामा संक्रमण देखिएको हो।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले दुईजना पत्रकारमा पनि संक्रमण पुष्टि भएको जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान अद्यावधिक गरेको विवरणअनुसार कपिलवस्तुमा नौ जनामा संक्रमण देखिएको छ।

अन्य सात जनामा वाणगंगा नगरपालिका ७ का २५, २७, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू तथा आठ वर्षीया बालिका छन् ।

आठ वर्षीया बालिका यसअघि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी ६ वर्षीया बालिकाकी छिमेकी तथा साथी हुन्।

प्रतिक्रिया दिनुहोस्