नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा थपिए ३० कोरोना संक्रमित
काठमाडौं । काठमाडौं र भरतपुरमा गरिएको परीक्षणअनुसार कोरोना भाइरसका ३० संक्रमित थपिएका छन् ।

त्यससँगै नेपालमा कुल संक्रमित चार सय ८७ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले बिहान ९ बजे विज्ञप्तिमार्फत त्यसको जानकारी दिएको हो ।

थपिएका संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ मा ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघ चितवनमा ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला छन् ।

यस्तै, नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्रामका ३३ र ३५ वर्षीय पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण पाइएको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू तथा आठ वर्षीया बालिकामा संक्रमण पाइएको छ । सर्लाहीको गोडैता–८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीया महिलामा पनि भाइरस संक्रमण पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्