भारतबाट फर्किएका थप सात जनालाई आइसोलेसनमा राखियो

कैलाली । कैलालीको गौरीफन्टा नाका हुँदै स्वदेश आएका थप सात जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्‍ठले जानकारी दिए । हिजो अन्य १२ जनालाई पनि स्वास्थ्य समस्या देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनीहरूको र्‍यापिड डायनोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ आएको छ । तर, पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । त्यसैले उनीहरूमा कोरोना भाइरसको संक्रमण भए-नभएको यकिन भएको छैन ।

गौरीफन्टा नाकाबाट हिजो दुई हजार चार सय ७८ जनालाई भित्र्याइएको जिल्ला प्रशासन कार्यालय कैलाली सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यसअघि बुधबार आठ सय ५८ जनालाई नेपाल भित्र्याइएको थियो ।

स्वदेश ल्याइएकामध्ये आठ सय २१ जनालाई धनगढी उपमहानगरपालिका-२ स्थित नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई आ-आफ्नो पालिकामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्