कोभिड-१९ : संसारभर एकै दिन एक लाख ६ हजार संक्रमित
<p>लन्डन। पछिल्लो २४ घण्टामा संसारभर कोभिड-१९ का एक लाख ६ हजार बिरामी थपिएका छन्।</p>
<p>विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यो हालसम्म एकै दिनमा देखिएको सबैभन्दा ठूलो संख्या हो। डब्लूएचओका महानिर्देशक टेड्रोस अदानम गेब्रियसेसले बुधबार मात्र गरिब मुलुकहरूतिर कोरोना भाइरसको प्रसार तीव्र भएको बताएका थिए।</p>
<p>यसैबीच, स्पेनमा दुई महीनामा पहिलोपटक सबैभन्दा कम बिरामी देखिएका छन्। हिजो स्पेनमा ४८ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ।</p>
<p>दक्षिण एशियाली मुलुक बंगलादेशमा भने कोभिड-१९ का बिरामी बढ्दो क्रममा छन्। पछिल्लो २४ घण्टामा मात्र एक हजार सात सय ७३ बिरामी थपिएका छन्। त्यससँगै कोभिड-१९ का बिरामी २८ हजार पाँच सय ११ जना पुगेका छन्। यस्तै, रुसमा हालसम्म तीन हजारभन्दा बढीले ज्यान गुमाएका छन्। </p>
प्रतिक्रिया दिनुहोस्
