श्रीलंकामा पैसा बाँड्दा भएको भागदौडमा तीन मारिए <p>कोलम्बो। श्रीलंकाको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीन जनाको मृत्यु भएको छ। अन्य आठजना घाइते भएका छन्।</p> <p>एक व्यापारीले आफ्नो गोदाममा पैसा बाँड्ने क्रममा भागदौड मच्चिएको थियो। ती व्यापारीले कोभिड-१९ को महामारीका कारण समस्यामा परेका मानिसलाई पैसा बाँड्दै थिए।</p> <p>व्यापारीबाट पैसा लिन सयौं मानिस आएका थिए। प्रहरीका अनुसार पैसा बाँड्ने योजनाबारे ती व्यापारीले प्रशासनको अनुमति लिएका थिएनन्।</p> <p>त्यसैले उक्त योजनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। श्रीलंकामा कोरोना भाइरसका एक हजार ४५ जना संक्रमित देखिएका छन्। तीमध्ये नौजनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्