अमेरिकामा एकै दिन २२ हजार ८६० नयाँ बिरामी
<p>वासिङ्टन। पछिल्लो २४ घण्टामा अमेरिकामा कोभिड-१९ का २२ हजार आठ सय ६० नयाँ बिरामी देखिएका छन्। </p>
<p>योसँगै अमेरिकामा कोराना भाइरसको संक्रमणमा आएका बिरामीको संख्या १५ लाख ५१ हजार ९५ जना पुगेको छ।</p>
<p>अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभिन्सनको पछिल्लो तथ्यांक हो यो। सेन्टरका अनुसार हालसम्म मृतकको संख्या ९३ हजार नाघेको छ।</p>
<p>सेन्टरका निर्देशक डा. रोबर्ट रेडफिल्डले कोरोना भाइरसको दोस्रो चरण शुरु हुनुअघि नै अमेरिकाले पर्याप्त तयारी गरिसक्नुपर्ने बताए। “जतिसक्दो अत्यधिक तयारी आवश्यक छ,” उनले भने।</p>
प्रतिक्रिया दिनुहोस्
