म कोराना भाइरस नेगेटिभः ट्रम्प

वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी दिएका छन्। मिसिगनस्थित एक अटोमोटिभ प्लान्टको यात्रामा निस्किनुअघि ट्रम्पले पत्रकारहरूसँग बिहीबार कोरोना भाइरस परीक्षण गराउँदा नेगेटिभ आएको जानकारी दिए।

“मेरो भनाइको अर्थ हो, साह्रै सकारात्मक परीक्षण भएको छ। आज बिहान मैले नेगेटिभको लागि पोजिटिभ रूपमा परीक्षण गरें,” उनले भने।

राष्‍ट्रपति ट्रम्प एक फोर्ड फ्याक्ट्रीको भ्रमणमा निस्केका हुन्, जसले भेन्टिलेटर्स बनाइरहेको छ।

यस यात्राका दौरान ट्रम्पले मास्क पहिरिनु आवश्यक रहेको कम्पनीका प्रवक्ताले यस साताको शुरुवातमा बताएका थिए। जबदेखि कोरोना भाइरसको महामारी शुरु भयो, राष्‍ट्रपति ट्रम्पले मास्क लगाएको देखिएको छैन।

ह्वाइट हाउसका स्टाफमध्ये केहीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसयता राष्‍ट्रपति ट्रम्प र उपराष्‍ट्रपति माइक पेन्स दुवैले दैनिक परीक्षण गराउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्