नागार्जुन नगरपालिका ९ र १० वडामा भोलिदेखि औषधि पसल मात्र खोल्न पाइने

काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिकाको वडा नम्बर ९ र १० ले भोलिदेखि वडाक्षेत्रमा औषधि पसल बाहेकका सबै पसलहरू बन्द गर्ने निर्णय गरेको छ।

९ र १० का दुवै अध्यक्षले सूचना जारी गर्दै भोलिदेखि अर्को आदेश नभएसम्म फलफूल, तरकारी, खाद्यान्न, मासु पसलहरू बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

सूचनालाई अवज्ञा गरेर पसल खोलेको थाहा पाइएमा कानून बमोजिम कडा कारवाही हुनेसमेत भनिएको छ।

नागार्जुन नगरपालिका ९ र १० उच्च जोखिममा भएकाले औषधि पसल बाहेकका सबै बन्द गर्ने निर्णय गरेको हो।

दुवै वडा कार्यालयले निर्णय कार्यान्वयनमा सहयोग गरिदिन सबैमा अपील गरेका छन्।

प्रतिक्रिया दिनुहोस्