भलिबल दिवसः हर्ष न विस्मात
काठमाडौं। सरकाले तीन वर्षअघि ठीक आजैको दिन भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेपछि भलिबल जगतमा उत्साह छाएको थियो। लामो समयको मथापच्चीपछि घोषणा भएको यस दिनलाई नेपाल भलिबल संघले ‘भलिबल दिवस’का रूपमा मनाउदै आएको छ।
विभिन्न औपचारिक कार्यक्रम गरेर विगतका दुई वर्ष खुशीयाली मनाएको भलिबल जगत यस वर्ष समाजिक सञ्जालमै सिमित बनेको छ। कोभिड-१९ महामारीका कारण सरकाले ११ चैतमा घोषणा गरेको लकडाउन विभिन्न चरणमा लम्बिदै २० जेठसम्म बढेको छ। त्यसकारण भलिबल दिवसले यस वर्ष कुनै औपचारिकता पाएन।
‘‘ट्रेनिङ र म्याच खेलेर नै हामीले यसअघि आजको दिनमा खुशी बाढ्ने गर्थ्यौं। हामीलाई आजको दिन त्यसै पनि विशेष लाग्छ। तर सबै मिलेर मनाउन पाएको भए अझै विशेष स्मरण हुन्थ्यो,’’ राष्ट्रिय महिला भलिबल टीमकी स्पाइकर सरस्वती चौधरीले भनिन्, ‘‘तर त्यो अवस्था रहेन अहिले खल्लो भयो।’’
महिला भलिबल टीमकी कप्तान अरूणा शाही पनि पुराना यादहरूलाई सम्झदै भलिबल दिवसको शुभकमना बढिरहेकी छिन्। उनी भन्छिन्, ‘‘कोरोना भाइरस संक्रमणका कारण यो वर्षको भलिबल दिवस अघिल्ला वर्षहरूमा मनाएको दिनलाई स्मरण गर्दै वितको छ।’’
कोभिड-१९ महामारी नभएको हुन्थ्यो भने आज भलिबल दिवस विगत भन्दा विशेष हुने पक्का थियो। किनकी यसवर्ष भलिबल संघको चुनाव हुदैथियो। त्यसैले उम्मेद्वारहरू मत तान्नका लागि पनि आजको दिनलाई भरपुर उपयोग गरिरहेका हुन्थे। तर महामारीका कारण भलिबल संघको चुनाव पछि अनिश्चित बनेको छ।
‘‘अहिले पृथ्वी नै उल्टो घेमेको जस्तो भएको छ। कोरोना भाइरसका कारण सबै चिन्तित अवस्थामा छन्। सबै निराश अवस्थामा छन्। के हुने हो कसो हुने भनेर मानिसक पिडामा छन्,’’ नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भने, ‘‘त्यसैले अहिले हाम्रो सबै गतिविधि स्थगित छ। भलिबल दिवसलाई पनि शुभकामना आदन प्रदानमा वितेको छ।’’
भलिबल दिवसको शुभारम्भ
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहालको मन्त्रिपरिषद् बैठकले ४ जेठ २०७४ मा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो।
त्यसअघि नेपालको राष्ट्रिय खेल आधिकारिक रूपमा यही भन्ने थिएन। कतिपयले डण्डीबियो तर कतिपयले कबड्डीलाई राष्ट्रिय खेल भएको दाबी गर्थे।
तर, ०६२/०६३ को आन्दोनपछि भएको परिवर्तनसँगै राष्ट्रिय खेलको बहसले अर्को रूप लियो। लामो छलफलमा तीन खेल क्रिकेट, भलिबल र तेक्वान्दोमा आएर कुरा अड्कियो।
राष्ट्रिय खेल घोषणाको पृष्ठभमि
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा केशबकुमार विष्ट सदस्यसचिव हुँदा भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको हो।
त्यसअघि २०६५ सालमा जीवनराम सदस्यसचिव हुँदा ल्याएको ‘भिजन–२०२०’ मा राष्ट्रिय खेल कुन हुने भनेर बहस चलाउने उल्लेख थियो। त्यतिबेला केही जिल्लाहरूमा बहस पनि भएका थिए। पाँचौं राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक तथा दर्शकबाट मत संकलन पनि गरिएको थियो। बीचमा त्यो बहस त्यतिकै सेलायो।
पछि पुरूषोत्तम पौडल मन्त्री हुँदा पुनः बहस शुरू भयो। कसैले लोकप्रियता भएको खेललाई, कसैले नेपाली मौलिकता भएको खेला तथा कसैले राष्ट्रलाई पदक जिताउने खेललाई राष्ट्रिय खेल बनाउनु पर्छ भन्ने धारणा आए।
बहसले ठोस रूप लिएको थिएन। लोकप्रियताको आधरमा क्रिकेट, पदक जिताउने तेक्वान्दो तथा नेपालको हावापानी सुहाउने भलिबललाई बनाउनुपर्छ भन्ने बहस चलिरहको थियो।
त्यहि बेला केशबकुमार विष्ट सदस्यसचिवमा नियुक्त भए। उनले भलिबललाई राष्ट्रिय खेल बनाउनु पर्छ भनेर लबिङ शुरू गरे।
‘‘कुनै पनि खेलमा सहमति हुन सकेको थिएन। भलिबल हुन्छ भनेर कसैले मुख खोल्न सकेका थिएनन्। मैले नेपालको परिवेसमा भलिबल ठीक हुन्छ भनेर ललिब गरे। झन्डै दुई वर्ष यस विषयमा लबिङ गरे,’’ निवर्तमान सदस्यसचिव विष्टले भने, ‘‘दलजित श्रीपाइली जी मन्त्री बनेर आउनु भयो। भलिबललाई राष्ट्रिय खेल बनाउनु पछ भन्नेमा उहाँ र मेरो ट्युनिङ मिल्यो। त्यसपछि हामीले मन्त्रालयमा सिफरिस गरेर पठाएयौं। त्यहाँ मन्त्रीपरिषद्बाट परित भयो।’’
राष्ट्रिय खेल भएपछि फरक के ?
नेपाल भलिबल संघका अध्यक्ष शर्माले भलिबले राष्ट्रिय खेलको मान्यता पाए पनि व्यवहारिक रूपमा त्यसले केही भिन्नता नल्याएको बताउछन्।
उनी भन्छन्, ‘‘सरकारले यस खेललाई राष्ट्रिय खेल भनेर विशेष प्राथमिकतामा राखेको मैले महशुस गर्न पाएको छैन। राष्ट्रिय खेल भएपछि सरकारले विशेष रूपमा लिनुपर्छ भन्ने मेरो बेजोड माग छ।’’
सरकारबाट धेरै सहयोग नभए पनि संघले गरेको कमभने तारिफयोग्य भएको महिला भलिबल कप्तान शाही बताउछिन्।
भलिबल टीमकी सरस्वती चौधरीको धारणा पनि त्यो भन्दा फरक छैन। चौधरी भन्छिन्, ‘‘घरेलु प्रतियोगिताहरू बढेका छन्। पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि हाम्रो सहभागिता बढेको छ।’’
नेपाली महिला भलिबल टीमले तेह्रौं दक्षिण एशीयाली खेलकुदमा रजत पदक जितेको थियो।
त्यसअघि बंगलादेशको ढाकामा सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा उपाधि जितेको थियो। त्यसअघि पुरुष टीमले पनि माल्दिभ्समा सम्पन्न एभीसी सेन्ट्रल जोन पुरूष भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको थियो।
प्रतिक्रिया दिनुहोस्