काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका-२ स्थित घाँटीबगर क्षेत्रमा नेपाली सेना खटाइएको छ।

घाँटीबगर इलाकामा दुईमिटर चौडाइको ४५० मिटर गोरेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीका लागि आज उक्त क्षेत्रमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तनाथ भएको हो।

जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जनाएअनुसार बाटो निर्माण कार्यका लागि दक्ष प्राविधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि आवश्यक फौज उपकरण एवं अन्य सामग्रीसहितको टोली तैनाथ गरिने छ।

सरकारले १४ वैशाखमा महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत् निर्माण गराउने निर्णय गरेको थियो।

चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका-१ मा पर्ने छाङरु र टिंकर गाउँमा १८२ घरधुरीका करीब एक हजार २०० जना नागरिक छन्।

व्यास गाउँपालिका-२ मा पर्ने मौरी भीरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले उनीहरूलाई सदरमुकाम खलङ्गा आवतजावत गर्न समस्या हुने गरेको छ।

उनीहरूले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका छन्। घाँटीबगर र मौरी भीर क्षेत्रमा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सञ्चालन गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक निर्माणका लागि नेपाली सेनाको प्रावधिक जनशक्तिसहित टोली तैनाथ भएको हो।

उक्त सडक सञ्चालन भएपछि स्थानीय बासिन्दाहरू नेपालकै भूमी प्रयोग गरी सदरमुकाम आवतजावत गर्न पाउनेछन्।

" /> काठमाडौं। दार्चुलाको व्यास गाउँपालिका-२ स्थित घाँटीबगर क्षेत्रमा नेपाली सेना खटाइएको छ।

"> दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ: Dekhapadhi
दार्चुलाको घाँटीबगर इलाकामा नेपाली सेना तैनाथ

प्रतिक्रिया दिनुहोस्