फेसबुक पेजमार्फत संक्रमित र मृत्यु हुने नेपालीको विवरण सार्वजनिक गरेको हो।
संक्रमित नेपालीहरूमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावाले हेर्ने क्षेत्रमा १०१६ जना छन्।
त्यस्तै जेद्दा क्षेत्र (जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित भएका छन्।
संक्रमितमध्ये १७ जना महिला रहेको दूतावासले जनाएको छ।
निको हुने नेपालीहरूको संख्या उत्साहजनक रहेको बताइएपनि कति जना कोरोनामुक्त भए भन्ने खुलाइएको छैन।
कोरोनाको संक्रमण भएकाहरुसँग टेलिफोन सम्पर्कमा आउनुहुने सबैजनाले उच्च मनोबल र हौसला दिन दूतावासले आग्रह गरेको छ।
कोभिड-१९ को महामारीको कारण खाद्यान्न र आवासको समस्यामा परेका नेपालीहरूलाई साउदी अरबमा रहेका संघसंस्थाहरूसँगको सहकार्यमा व्यवस्थापन मिलाइएकोले सम्पर्क गर्न पनि दूतावासले भनेको छ।
राजदूतावासका अनुसार रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वास सम्बन्धी उपचार गर्न र परामर्शका लागि नेपाली चिकित्सकले सहयोग गरिरहेका छन्।
साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको लिखित जानकारी अनुसार साउदी अरबमा २ मार्चदेखि ६५ हजार ७७ जना संक्रमित फेला परेको दूतावासले जनाएको छ।
" /> फेसबुक पेजमार्फत संक्रमित र मृत्यु हुने नेपालीको विवरण सार्वजनिक गरेको हो।संक्रमित नेपालीहरूमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावाले हेर्ने क्षेत्रमा १०१६ जना छन्।

">