काठमाडौं। दाङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
घोराही उपमहानगरपालिका-३ का ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको नमूना परीक्षणमा संक्रमण पुष्टि भएको प्रतिष्ठानका डा. सागर पन्थीले देखापढीलाई बताए।
यो सँगै दाङका पाँचजनामा संक्रमण देखिएक छ। यसअघि भारतबाट आएका दाङकै गढवा गाउँपालिकाका दुईजनामा संक्रमण देखिएको थियो।
दाङका दुईजना संक्रमित भने काठमाडाैंमै छन्। उनीहरूको काठमाडाैंमा गरिएको परीक्षणमा काेभिड-१९ देखिएको थियो।
आज प्रतिष्ठानमा सल्यान, रोल्पा र दाङका ६९ नमूनाको परीक्षण गरिएकोमध्ये एकजनामा संक्रमण देखिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५४ पुगेको छ।
यसअघि आज बिहान १७ जना र दिउँसो ९ जना गरेर एकैदिन २६ जनामा संक्रमण भेटिएको थियो।
नेपालमा आजसम्म तीनजनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ भने ४९ जना बिरामी निको भएर घर फर्किसकेका छन्।
" /> काठमाडौं। दाङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।घोराही उपमहानगरपालिका-३ का ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

">