मनिषाको समर्थनमा उभिँदै नायिका ऋचाले भनिन् - 'भारतीय मिडिया समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन्'
काठमाडौं। अभिनेत्री ऋचा शर्माले नेपालको पूर्ण नक्शाप्रति भारतीय मिडियाले गरिरहेको टिप्पणीले आफूलाई दु:खी बनाएको बताएकी छन्।

नेपालले सार्वजनिक गरेको पूर्ण नक्शाको समर्थनमा उभिएकी बलिउड अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडियाले टिप्पणीको तारो बनाएपछि सामाजिक सञ्जालमा ऋचाले लेखेकी छन्, "म भारतीय मिडियालाई दोष दिन्नँ। मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन्। उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन्। तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन्।"

मनिषाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएको भन्दै नामसँगै लाखौं प्रशंसक कमाएको उनको भनाई छ। भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गएको तर, मनिषाले आजसम्म बलिउडमा दरिलो उपस्थिति जनाइरहेको ऋचाले बताएकी छन्।

कसैको कृपा र परोपकारले मनिषा बलिउडमा नछाएकी बताउँदै उनले लेखेकी छन्, "प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन्। तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन्।"

प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार गरिहेको उनको भनाई छ। सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहँदा पाकिस्तानी मिडियाले कहिल्यै पनि उनलाई 'विदेशी दलाल' नभनेको पनि ऋचाले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्