क्‍वारेन्टाइनका लागि स्थान उपलब्ध गराउन गोदावरी नगरपालिकाको अपील <p>ललितपुर। गोदावरी नगरपालिकाले क्वारेन्टाइन स्थापना गर्न स्थानको खोजी शुरू गरेको छ।</p> <p>नगरपालिकाले आज एक सूचना जारी गर्दै विदेश र अन्य ठाउँबाट गाउँपालिकामा आउने व्यक्तिहरूलाई राख्&zwj;न निर्माण गरिने क्वारेन्टाइनको लागि स्थान उपलब्ध गराउन अनुरोध गरेको हो।</p> <p>&lsquo;क्वारेन्टाईन व्यवस्थापन गर्नका लागि स्थान उपलब्ध गराउन इच्छुकहरूले सम्बन्धित वडा वा नगरपालिकामा सम्पर्क गर्नुहोला।&rsquo;</p> <p>क्वारेन्टाइन स्थापनाका लागि आवश्यक पर्ने स्थान व्यक्ति, संघ/संस्था, गेष्टहाउस, विद्यालय, रिसोर्ट तथा होटलहरुले उपलब्ध गराउन सक्ने नगरपालिकाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्