काठमाडौं। ५ जेठको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरासम्म समेटिएको नेपालको पूर्ण नक्शा स्वीकृत गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ट्वीट गरेर त्यसको जानकारी गराएका थिए।

त्यसैलाई क्वोट रिट्वीट गर्दै अभिनेत्री मनिषा कोइरालाले ‘हाम्रो सानो देशको स्वाभिमान कायम राखेकोमा धन्यवाद’ भन्दै लेखेकी थिइन् -‘अब हामी सबैले तीन वटा महान देशहरूकाबीचमा शान्तिपूर्ण र सम्मानजनक छलफलको प्रतीक्षा गरिरहेका छौं।'

तिललाई पहाड बनाउने खासगरी भारतीय टेलिभिजन च्यानलहरूलाई अब के चाहियो ? उनीहरूमध्ये अधिकांशले मनिषामाथि साह्रै तल्लोस्तरको गालिगलौज र अमर्यादित टिप्पणी गरिरहेका छन्।

तर, त्यसको विपरीत सामाजिक सञ्जालमा मनिषालाई समर्थन गर्नेहरूको पनि कमी छैन। ट्वीटरमा ‘ह्यासट्याग आई एम विथ मनिषा कोइराला’ ट्रेन्डिङ भइरहेको छ।

भारतीय टेलिभिजन च्यानलहरू मनिषामाथि खनिएपछि नेपाली कलाकारहरूले भने मनिषाको समर्थनमा आवाज उठाएका छन्। नायक राजेश हमालले मनिषाको समर्थन गर्दै भारतको पछिल्लो गतिविधि नेपाललाई स्वीकार्य नहुने बताएका छन्।

फेसबुकमार्फत भिडिओ सन्देश सार्वजनिक गर्दै उनले नेपालको इतिहास हेर्न समेत सुझाएका छन्।

‘नेपाली जनताले आफ्नो देशको सीमाबारे कुनै पनि सम्झौता गर्दैनन्, इतिहास नै साक्षी छ-लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हो,’ उनले भिडिओमा भनेका छन्।

भारतले नेपाली भूभाग अतिक्रमण गर्दा देशका सबै नागरिक जस्तै आफू पनि मर्माहत भएको उनको भनाइ छ। उनले सीमा समस्यालाई इतिहास, तथ्य र प्रमाणको आधार कूटनीतिक रुपबाट समाधान गर्न सुझावसमेत दिएका छन्।

त्यस्तै कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले पनि हरेक सुख-दुःखमा साथसाथै रहनु नै नेपालीको बिशेषता रहेको बताएका छन्।

‘भूकम्पको पीडा होस् वा नाकाबन्दीको दुःख अथवा लिम्पियाधुरासहितको नक्सा जारी गर्दाको गौरव, हाम्रो एकता कायम गरेकै छौं,’ धुर्मुसले फेसबुकमा लेखेका छन्।

सबैलाई छिमेकी चाहिने तर, सम्बन्ध देशको आकारले नभई भावनाले समान हुनुपर्ने उनले बताएका छन्। मनिषा कोईराला बलिउडकी नायिका मात्र नभएर वीपी कोईरालाकी नातिनी भएको स्मरण गराउँदै उनले वीपीले आफ्नो जीवन नेपालको हितका लागि दिएको उल्लेख गरेका छन्।

मनिषाको कर्मभूमि भारत भए पनि मातृभूमि नेपाल भएको बताउँदै उनले भनेका छन्, ‘उहाँको स्वतन्त्र र सन्तुलित अभिव्यक्तिलाई तोडमोड गरेर केही भारतीय सञ्चार माध्यमले गरेको दुस्प्रचार अर्थहीन छ। त्यसको घोर भ्रत्सना गर्दै दिदीप्रति उच्च सम्मान, साथ र समर्थन छ।’

निर्देशक दीपेन्द्र के. खनालले भने आफ्नो रगत देशका लागि काम लागे जीवन नै धन्य हुने बताएका छन्। भारतीय मिडियाले फैलाएको अफवाहका तस्वीरहरू सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले त्यस्तो बताएका हुन्।

त्यस्तै गायिका इन्दिरा जोशीले पनि मनिषाको समर्थन गर्दै आफ्नो विचार राखेकी छन्। उनले अभिनय क्षमताका कारण मनिषाले बलिउडमा ठूलो योगदान गरेको, बलिउडलाई थुप्रै उत्कृष्ट चलचित्र दिएको भन्दै त्यहाँ उनले कर पनि तिरेको स्मरण गराएकी छन्।

अर्की अभिनेत्री पूजा शर्माले पनि भारतीय मिडियाले मनिषा कोइरालाप्रति गरेको रूखो व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

त्यस्तै करिश्मा मानन्धरले भारतीय मिडियाले हेपाहा प्रवृत्ति देखाएको उल्लेख गरेकी छन्। हास्य कलाकार कुमार कट्टेल जिग्रीले अब क्लिन फिड लागू गरेर भारतीय मिडियाको प्रसारण नेपालमा तत्काल बन्द गर्न पनि माग गरेका छन्।

" /> काठमाडौं। ५ जेठको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरासम्म समेटिएको नेपालको पूर्ण नक्शा स्वीकृत गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ट्वीट गरेर त्यसको जानकारी गराएका थिए।

"> मनिषा कोइरालाको समर्थनमा उभिए नेपाली कलाकार: Dekhapadhi
मनिषा कोइरालाको समर्थनमा उभिए नेपाली कलाकार

प्रतिक्रिया दिनुहोस्