काठमाडौं। कोरोना संक्रमणबाट ज्यान गुमाएका गुल्मीका एक शिक्षकको सम्पर्कमा आएका १० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। अन्य ३० जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ।
स्वास्थ्यमा समस्या आएपछि गुल्मीको मदाने गाउँपालिकाका ती शिक्षक स्वास्थ्य परीक्षणका लागि सन्धिखर्कको छायाँ मेडिकल पुगेका थिए।
त्यहाँबाट उनलाई रूपन्देहीको क्रिमसन अस्पताल पठाइएको थियो। उनको स्वास्थ्य परीक्षणमा संलग्न मेडिकलका १० जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरिएको थियो। ती सबैको रिपोर्ट नेगेटिभ आएको मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए।
“शिक्षकको स्वास्थ्य परीक्षणमा संलग्न सबैको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। आज सबैको रिपोर्ट नेगेभिट आएको छ”, उनले भने।
मृतक शिक्षकको घरपरिवार तथा उनको सम्पर्कमा आएका अन्य ३० जनाको पनि स्वाब संकलन गरिएको छ। उनीहरूको रिपोर्ट आउन बाँकी रहेको भन्दै गाउँपालिका अध्यक्ष केसीले भने, “अब ३० जनाको रिपोर्ट पनि नेगेटिभ आउँछ भन्नेमा आशावादी छौं।”
रिपोर्ट नआउँदासम्म उनको घरपरिवार तथा सम्पर्कमा आएका सबैलाई सुरक्षित राखिएको अध्यक्ष केसीले बताए। उनीहरू बस्ने वडा नै सिल गरिएको र स्वास्थ्य परीक्षणको दायरा पनि बढाइएको उनको भनाइ छ।
" /> काठमाडौं। कोरोना संक्रमणबाट ज्यान गुमाएका गुल्मीका एक शिक्षकको सम्पर्कमा आएका १० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। अन्य ३० जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ।स्वास्थ्यमा समस्या आएपछि गुल्मीको मदाने गाउँपालिकाका ती शिक्षक स्वास्थ्य परीक्षणका लागि सन्धिखर्कको छायाँ मेडिकल पुगेका थिए।

">