इन्जिनियर्स एसोसिएसनद्वारा टेकु अस्पताललाई स्वाब कलेक्सन बुथ सहयोग
काठमाडौं। कोभिड-१९ परीक्षणको लागि नमूना संकलन गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले स्वाब कलेक्सन बुथ सहयोग गरेको छ।

करीब एक लाख रूपैयाँको लागतमा निर्माण गरिएको उक्त बुथमा बिरामी र स्वास्थ्यकर्मीबीच संवाद गर्न माइकसमेत जडान गरिएको छ।

इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशका अध्यक्ष नन्द बन्जाडेले कोभिड-१९ सँग अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको जोखिम न्यूनिकरणका लागि इन्जिनियर्सहरुको समेत भूमिका होस भन्ने उद्देश्यले बुथ सहयोग गरिएको बताए।

विपदको अवस्थामा स्वास्थ्यकर्मीहरुको जोखिमलाई ध्यान दिई गरेको सहयोगले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाएको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताउनुभयो।

नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपलाल्चोक, रसुवा, नुवाकोट, र धादिङमा गरी कूल १७ वटा स्वाब कलेक्सन बुथ निर्माण गरी सरकारी अस्पतालहरुलाई उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्