पछिल्लो २४ घण्टामा सात हजारको नमूना परीक्षण

काठमाडौं। नेपालमा हालसम्म एकलाख १७ हजारभन्दा बढीको नमूना परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट र आरडीटी किट विधिबाट गरेर एक लाख १७ हजार ४३१ जनाको कोभिड-१९ परीक्षण गरिएको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर विधिबाट ३८ हजार ७३६ जना र आरडीटी विधिबाट ७८ हजार ६९५ नमूना परीक्षण गरिएको जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै सात हजार ३६ नमूना परीक्षण भएका छन्।

त्यसमा तीन हजार ४१३ पीसीआर र तीन हजार ६२३ नमूना आरडीटी किट विधिबाट परीक्षण गरिएका हुन्।

आज सम्मको तथ्यांक अनुसार क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको संख्या धेरै छ। सबैभन्दा धेरै प्रदेश ५ मा १४ हजार ७६० जना मानिसहरु क्वारेन्टाइनमा राखिएका छन्।

त्यस्तै प्रदेश १ मा एक हजार ३४९, २ मा ४ हजार ९६६, बागतीमा ५२८, गण्डकीमा ५९१, कर्णाली प्रदेशमा ७४१ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ९५ जना छन्।

सातवटै प्रदेशमा २५ हजार ३० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मोबाइल एप र वेभपेज मार्फत् स्वास्थ्यको स्वमूल्याकंन फारम भरेर स्वास्थ्यका बारेमा जानकारी लिने ४६ हजार ४२७ पुगेका छन्।

उनीहरूमध्ये ४३५ जनालाई 'रेडजोन' मा राखिएको छ। 'रेडजोन' मा राखिएकाहरु सम्भावित संक्रमित हुनसक्ने भन्दै उनीहरूको 'कन्ट्याक्ट ट्रेसिङ' को कामसमेत भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्