सशस्त्र प्रहरीका जवानसहित टेकु अस्पतालबाट थप चारजना डिस्चार्ज, निको हुनेको संख्या ४९
काठमाडौं। टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित चारजना डिस्चार्ज भएका छन्।

आज कोरोनामुक्त भएकाहरूमा काठमाडौं र भक्तपुरमा संक्रमित भेटिएका दुई महिला र दुईजना पुरुष रहेको अस्पतालका अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले देखापढीलाई बताए।

डिस्चार्ज हुनेमध्ये भक्तपुरमा संक्रमित फेला परेका सशस्त्रका एक प्रहरी कर्मचारी रहेको उनले जानकारी दिए।

२३ वर्षीया महिला, ३७ पुरुष, २५ वर्षीय महिला र २७ वर्षीय निको भएर घर फर्किएका हुन्। उनीहरु चारैजना ९ दिनमा डिस्चार्ज भएका हुन।

योसँगै डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्