काठमाडौं। लकडाउनका कारण सिंगो खेलकुद क्षेत्र ठप्प भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) मा भने आरोप–प्रत्यारोप र कारवाहीको रडाको मच्चिएको छ।

५ जेठमा एन्फाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरूषोत्तम थापालाई कारवाही गरेपछि आन्तरिक विवादले चर्को रूप लिने संकेत देखाएको छ। यो विवाद भने दुई वर्षअघि शुरू भएको थियो। 

विवादको बिऊ

दुई वर्षअघि सम्पन्न एन्फाको निर्वाचनमा ‘चेन्ज एन्फा’ र ‘सेभ नेपाली फुटबल’ जस्ता नारा दिएर वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वको प्यानल उठेको थियो। उनका प्रतिद्वन्द्वी थिए, मणि कुँवर। मणि कुँवरलाई पुरुषोत्तम थापाहरूको सहयोग थियो। तथापी, कुँवरले निर्वाचनको मुखैमा आएर विधानविपरीत गरिन लागेको भन्दै चुनाव बहिस्कार गरेका थिए। कुँवरबाहेक उनको प्यानलका अन्यले भने चुनावमा भाग लिए।

निर्वाचनमा कर्माछिरिङ शेर्पाको प्यानलले सबै सिटमा विजय हासिल गर्‍यो। तर, शेर्पा पक्षले मतदातालगायतका अन्य व्यक्तिलाई पैसा खुवाएर प्रभावित गरेको भन्दै आलोचना भयो। सोही क्रममा ललितपुरका अध्यक्ष पुरुषोत्तम थापासहित काठमाडौं, भक्तपुर र धादिङ जिल्लाका अध्यक्षले ‘एन्फा नेतृत्वका १४ बुँदे अनियमितता’ तथा ‘चुनावको टेप प्रकरण’ सार्वजनिक गरेका थिए।

निर्वाचित अध्यक्ष शेर्पाले चुनावमा आफ्नो पक्षमा भोट जुटाउन अनियमितताको विषयमा कुराकानी गरेको अडिओ टेप सार्वजनिक भएको थियो।

अडिओमा निर्वाचन आफ्नो पक्षमा पार्न निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको, अदालतमा पनि आर्थिक चलखेलमार्फत् प्रभाव पार्न खोजेको, मताधिकारप्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचनअघि ठूलो धनराशी खर्चेर मतदातालाई भारतको सिक्किममा लगेर क्लोज क्याम्पमा राखेको, हवाई टिकटमा ठूलो धनराशी खर्चेको लगायतका कुराकानी समेटिएका थिए। यी चार जिल्लाका अध्यक्षले एन्फा नेतृत्वको विरुद्धमा राखेप र युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी दिएका थिए। 

यो घटनादेखि नै शेर्पा र थापाबीच मनमुटाव बढेको थियो। त्यसको उत्कर्ष हो ५ जेठको कारवाही। 

कारवाहीको कथा 

२२ वैशाखमा एन्फा दिवसका दिनदेखि ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरूको भाइबर ग्रुपमा शुभकामना आदानप्रदान गर्ने क्रममा विवाद शुरू भयो। 

ग्रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले लेखेका थिए- ‘आज वैशाख २२ एन्फा दिवस सम्पूर्ण फुटबल परिवारमा हार्दिक शुभकामना। सचेत रहौं, सुरक्षित बसौं। जय नेपाली फुटबल।’ 

उनको पोस्ट्मा टिप्पणी गर्दै ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले लेखे- ‘आज एन्फा डे होइन चोरहरूको श्री गणेश डे हो।’ 

ग्रुप च्याटमा भएको यही संवादलाई लिएर एन्फाले २४ वैशाखमा थापालाई स्पष्टीकरणका लागि पत्र पठायो। 

सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एन्फाले थापालाई ४८ घण्टाभित्र ६ प्रश्नको लिखित स्पष्टिकरण दिनु भनी पत्र काटेको थियो। ती ६ प्रश्न निम्न थिएः 
१) उक्त कार्य आफू सम्बन्ध रहेको एन्फालाई बदनाम गराउने अराजक फैलाउने कार्य भयो, भएन ?
२) एन्फा नेतृत्वप्रति इज्जतमा धक्का पुर्‍याउने, अनास्था फैलाउने अपमानजनक घृणित कुप्रचार–प्रसार कार्य भयो, भएन?
३) एन्फाको विधान विपरीतको कार्य भयो, भएन?
४) तपाईंले उक्त कार्य कुन आधार कारणबाट गर्नु भएको हो? 
५) सो कार्य तपाईंबाट गर्न मिल्ने हो वा होइन? 
६) उक्त कार्य बमोजिम तपाईंलाई एन्फाले किन कारवाही गर्नु नपर्ने हो? 

एन्फाले स्पष्टिकरणको पत्र काटेपछि थापाले क्लबको ग्रुप च्याटमा गरेको कुरालाई ‘एन्फाले हस्तक्षेप गरेर स्पष्टिकरण सोध्न नमिल्ने र त्यसले क्लबको स्वतन्त्रतामा आँच आउने, नेतृत्व तानाशाही भएको’ भन्दै फेसबुकमा स्ट्याटस लेखे। थापाको त्यही स्ट्याटसमा कैलाली फुटबल संघका उपाध्यक्ष अनिल मल्लले कमेन्ट गरे, ‘अनि कोभिड-१९ ग्रुपमा अश्लिल फोटो पोष्ट गर्नेलाई के भो? फुलमाला लगाइएको होला हैन? त्यो पोष्ट सुरक्षित छ है। अरू पनि थुप्रै प्रमाण छन् आवश्यक पर्दा पेश गर्छु।’

अरुले जस्तो गाली गालौज गरे पनि एन्फाले केही नगरेको तर, आफूलाई पुर्वाग्रही ढंगले कारवाही गरेको ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको गुनासो छ। एन्फाको केन्द्रीय नेतृत्वलाई दिएको स्पष्टिकरणमा उनले उल्टै प्रश्नको वर्षा गरेका छन्।

लेखेका छन् - ‘म एन्फाको सदस्य हो कि होइन? के मैले एन्फा डे मनाउन नपाउने? अनि हाम्रो भावनासँग खेलवाड गर्न एन्फाले पाउने? एन्फाले ‘एन्फा डे’ भनेर खुशी मनाउँदा हामीले दुखी भएर बस्नुपर्ने? अनि हाम्रा सन्ततिले ‘एन्फा डे किन वैशाख २२ गते ?’ भनेर सोध्यो भने हामीले के जवाफ दिने? चुनाव हारेको दिन भन्ने? के एन्फा डे कार्यसमिति सदस्यका लागि मात्र हो? अनि हामीले छाती फुलाएर एन्फा डे भन्न नपाउने? मनाउन नपाउने? हाम्रो कुनै अधिकार छैन? योगदान छैन? हाम्रो भावनाको कुनै कदर छैन? प्रजातन्त्र यही हो? लोकतन्त्र यही हो? गणतन्त्र यही हो? के साधारण सभाले एन्फा डेलाई अनुमोदन गरेको हो? यसको जवाफ कसले दिने? यी तमाम प्रश्न मनमा उब्जिएकाले मैले एन्फा डेलाई चोरहरूको श्री गणेश भनेको हो। अन्यथा कुनै त्यस्तो प्रतिशोधले त्यो शब्द प्रयोग गरेको होइन र कसैलाई मैले इंगित गरेको पनि होइन र कसैलाई चोट वा हानी पुर्‍याए  क्षमा भन्दै आउने दिनमा यस्तो शब्द प्रयोग गर्ने छैन।’

थापाले प्रश्न उठाएजस्तै ‘एन्फा डे’ साधारण सभाबाट अनुमोदित भने होइन। कर्माछिरिङ शेर्पाले एन्फा नेतृत्वमा आएपछि आफू निर्वाचित भएको दिन वैशाख २२ लाई ‘एन्फा दिवस’का रूपमा मनाउने निर्णय गरेका थिए। गत वर्ष दरबारमार्गस्थित् अन्नपूर्ण होटलमा भव्य कार्यक्रमसहित एन्फा दिवस मनाइएको थियो। सो क्रममा विभिन्न ११ विधामा अवार्ड वितरण गर्दै खेलाडीलाई सम्मान गरिएको थियो। तर, खेलाडीलाई त्यसअघि दिँइदै आएको पुरस्कार रकम घटाएर कक्टेल रात्री भोजमा २०औं लाख खर्च गरेको भन्दै एन्फा दिवसको पहिलो संस्करण नै विवादमा परेको थियो। कोभिड-१९ का कारण यसपाली भने एन्फाले दिवस मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना गरेन। 

शुरूदेखि नै यो एन्फा डेको विपक्षमा रहेका थापाले एन्फालाई बुझाएको स्पष्टिकरणमा सुझाव दिएका छन्, ‘फिफा वा एएफसीसँग आवद्ध भएको दिन वा दक्षिण एशियाली गेम्स शुरू भएको दिन (नेपालबाटै शुरू भएकाले)लाई एन्फा डे मान्न सकिन्छ।’

थापाले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाले ५ जेठबाट लागू हुने गरी थापालाई ललितपुर जिल्ला संघको अध्यक्ष पदबाट आगामी साधारण सभासम्मको लागि निलम्बन गरेको छ। एन्फाले ‘आगामी एन्फा कंग्रेसको बैठकसम्मको लागि फुटबल खेलसँग सम्बन्धित एन्फा र जिल्ला फुटबल संघ समेतका लागि सम्पूर्ण गतिविधिहरूमा संलग्न हुन नपाउने’ गरी अस्थायी निलम्बन समेत गरेको जनाएको छ। 

पुरूषोत्तम थापा

‘पुर्वाग्रही र विधान विपरीतको कारवाही’

एन्फाको कारवाही पाएका थापाले भने कारवाहीको निर्णय नै विधान विपरीत भएको दावी गरेका छन्। 

“नितान्त चुनावी पुर्वाग्रह राखेर कारवाही गरिएको छ। म सिधा र खरो रूपमा बोल्ने मान्छे हुँ। मैले शुरूबाट एन्फाको अनियमितताबारे बोल्दै आएको छु। हामीले एन्फाले १४ बुँदे अनियमितताको कुरा उठाएका थियौं। टेप प्रकरणका कुरा उठाएका थियौं। त्यसैले विशुद्ध रूपमा प्रतिशोध साँध्न यो कारवाहीको नाटक गरिएको हो,” थापाले भने, “अरूले कस्तो कस्तो गाली गर्दा केही नगर्ने एन्फाले मैले कसैप्रति व्यक्तिगत रूपमा इंगित नगरी नीतिगत कुरा उठाउँदा यस्तो निर्णय गरेको छ। यसबाट उनीहरूकै सोच नांगिएको छ।”

थापाले एन्फाको विधानमा सदस्यलाई कारवाही गर्ने जिम्मा कार्यसमितीलाई मात्र भएको भन्दै सचिवालयले निलम्बन गर्न नसक्ने बताए। 

एन्फाका प्रवक्ता किरण राईले भने थापाविरुद्धको कारवाही सही भएको भन्दै निर्णयको बचाउ गर्ने प्रयास गरे। 

प्रवक्ता राईले भने, “हाम्रो सचिवालयले कारवाहीको निर्णय गरेको हो। विधिसम्मत भएन भन्ने उहाँहरूको कुरा हो। त्यसैले उहाँहरूलाई त्यस्तो लाग्छ भने आफ्नो कुरा प्रमाणित गर्न के गर्ने भन्ने उहाँहरूको कुरा हो।”

यस विषयमा एन्फा महासचिव इन्द्रमान तुलाधारले भने कुनै धारणा दिन चाहेनन्। 

दुई वर्षअघि चुनाव हुँदा अध्यक्ष पदका उम्मेद्वार मणि कुँवर भने थापाको पक्षमा उभिएका छन्। उनले थापालाई गरिएको कारवाही विधान विपरीत भएकाले त्यसको कुनै अर्थ नभएको बताएका छन्। 

त्यस्तै, कैलाली फुटबल संघका उपाध्यक्ष अनिल मल्ल पनि थापाको पक्षमा उभिएका छन्। मल्लले फेसबुकमा स्ट्याटस लेखेका छन्- ‘अनुशासन समितिले कार्यसमितीमा सिफारिस पठाई कार्यसमिति बैठकले हस्ताक्षर गरिसकेपछि साधारण सभाको दुई तिहाइले अनुमोदन गरेपछि मात्रै दोषी ठहर हुन्छ अन्यथा कारवाही गर्नेले जवाफ दिनुपर्छ।’

थापाले आफू प्रजातन्त्रिक ढंगले निवार्चनमार्फत् जिल्ला संघको अध्यक्षमा निर्वाचित भएकाले अध्यक्ष पद निलम्बन गर्ने अधिकार एन्फा केन्द्रीय कार्यसमितिलाई नभएको दावी गरेका छन्। उनी भन्छन्, “म चुनाव जितेर आएको निर्वाचित अध्यक्ष हो। निर्वाचित अध्यक्षलाई निलम्बन गर्ने अधिकार एन्फालाई छैन। यसमा मेरो घोर विरोध छ।”

थापाले आफूमाथि गरिएको कारवाही विधानविपरीत भएको भन्दै एन्फाको उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएका छन्। 

“उनीहरूले विधानको जुन बुँदामा टेकेर कारवाही गरेका छन्, त्यो नै गलत छ। एन्फाको सदस्यलाई कारवाही गर्न कार्यसमिती बैठकले निर्णय गर्नुपर्छ। तर, एन्फा कार्यसमितिको बैठक बिना निलम्बनको पत्र आएको छ। निर्वाचित अध्यक्षलाई निलम्बन गर्ने अधिकार एन्फासँग छैन। यसविरुद्ध म अनुशासन कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा गएर अपिल गर्नेछु”, थापा भन्छन्। 

नौलो होइन एन्फामा कारवाही कथा  

एन्फाको इतिहास पल्टाउने हो भने यस्तो कारवाहीको कथा भने नौलो होइन। 

११ असोज २०७२ मा तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले पनि तत्कालीन उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा (हालका अध्यक्ष) र विजयनारायण मानन्धर तथा सदस्य पंकज नेम्वाङलाई यस्तै प्रकृतिको कारवाही गरेका थिए। 

लगातार तीनपटक कार्यसमिति बैठकमा नआएको, अख्तियारमा उजुरी दर्ता गरेको लगायतका विषयमा स्पष्टिकरण लिँदै तत्कालीन एन्फा नेतृत्वले उनीहरूलाई सभासम्मका लागि निलम्बन गरेको थियो। उनीहरूलाई निलम्बन गरेर तत्कालीन एन्फा नेतृत्वले मणि कुँवर, वीरबहादुर खड्का र सन्तोष बानियाँलाई उपाध्यक्ष तथा अरुणमान जोशीलाई सदस्यमा मनोनीत गरेको थियो। 

त्यही विषयलाई लिएर शेर्पा पाटन उच्च अदालतसम्म पुगेका थिए। थापाको नेतृत्व निरंकुश रहेको आरोप लगाएर त्यतिबेला आन्दोलन गरिरहेका शेर्पा पक्षलाई अदालतको उक्त निर्णयले ठूलो आड दिएको थियो। 

त्यही प्रसंगबाट औपचारिकता पाएको शेर्पा पक्षको थापा विरोधी आन्दोलनले दुई वर्षअघिको निर्वाचनसम्म पुग्दा उत्कर्ष पायो। अन्ततः शेर्पा पक्षलाई नेतृत्वमा निर्वाचित बनायो।  

त्यतिबेला आफूमाथि कारवाही हुँदा थापाविरुद्ध निरंकुशताको चर्को नारा लगाउने शेर्पा स्वयंले अहिले थापाको पथ पछ्याएको मणि कुँवरको मत छ। सामाजिक सञ्जालमा आलोचना गरेकै भरमा जिल्ला संघका अध्यक्षमाथि कब्जा गरेर शेर्पाले चुनावताका आफैंले लगाएको सुशासनको नाराको खिल्ली उडाएको कुँवर बताउँछन्। 

त्यसो त कारवाहीको निर्णय गर्न पनि शेर्पा हतारिएको देखिन्छ। २६ माघमा बसेको एन्फा कार्यसमितिको बैठकले नेतृत्वको आलोचना गरिरहने चार जिल्ला संघका अध्यक्षलाई कारवाही गर्ने भनेर प्रक्रियामा राखेको थियो। तर, लकडाउनको बेला पारेर ललितपुरका अध्यक्षलाई हठात् कारवाही गरिएपछि गणेश थापालाई निरंकुश भन्ने शेर्पाले आफैं त्यही आरोप खेपिरहेका छन्। 

कारवाहीको एउटा झिल्कोबाट शुरू भएको विवादले भुसको आगोको रूप लिँदा थापाको बहिर्गमन भएको थियो। आफूमाथि कारवाही भएको र अदालतले न्याय गरेको भन्दै थापाविरुद्ध त्यतिबेला शेर्पाले आफ्नो पक्षमा विस्तारै जनमत बटुलेका थिए। तर, अहिले उनी पुरुषोत्तम थापाको कारवाहीअघि नै एन्फाभित्र कमजोर बन्न थालेका छन्। उनको प्यानलका मुख्य सहयोगीहरू वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अन्य असन्तुष्टहरूको साथमा छुट्टै गुट बनाउन थालेको धेरै भइसक्यो। यो कारवाही प्रकरणले नेम्वाङको गुट थप बलियो बनाउने र शेर्पालाई थप एक्ल्याउने फुटबल राजनीतिका जानकारहरू बताउँछन्।

फुटबल राजनीतिका एकजना मुख्य खेलाडी भन्छन्, “शेर्पा पनि थापाकै पथमा हिँडिरहेका छन्, यो कारवाही शेर्पालाई पदमुक्त गर्ने बाटोको त्यस्तै शुरूआत बन्न सक्छ।”

" /> काठमाडौं। लकडाउनका कारण सिंगो खेलकुद क्षेत्र ठप्प भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) मा भने आरोप–प्रत्यारोप र कारवाहीको रडाको मच्चिएको छ।

"> अरु सबै बन्दाबन्दीमा, एन्फा भने विवाद र कारवाहीको रडाकोमा: Dekhapadhi
अरु सबै बन्दाबन्दीमा, एन्फा भने विवाद र कारवाहीको रडाकोमा <p style="text-align:justify">काठमाडौं। लकडाउनका कारण सिंगो खेलकुद क्षेत्र ठप्प भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) मा भने आरोप&ndash;प्रत्यारोप र कारवाहीको रडाको मच्चिएको छ।</p> <p style="text-align:justify">५ जेठमा एन्फाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरूषोत्तम थापालाई कारवाही गरेपछि आन्तरिक विवादले चर्को रूप लिने संकेत देखाएको छ। यो विवाद भने दुई वर्षअघि शुरू&nbsp;भएको थियो।&nbsp;</p> <p style="text-align:justify"><strong>विवादको बिऊ</strong></p> <p style="text-align:justify">दुई वर्षअघि सम्पन्न एन्फाको निर्वाचनमा &lsquo;चेन्ज एन्फा&rsquo; र &lsquo;सेभ नेपाली फुटबल&rsquo; जस्ता नारा दिएर वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वको प्यानल उठेको थियो। उनका प्रतिद्वन्द्वी थिए, मणि कुँवर। मणि कुँवरलाई पुरुषोत्तम थापाहरूको सहयोग थियो। तथापी,&nbsp;कुँवरले निर्वाचनको मुखैमा आएर विधानविपरीत गरिन लागेको भन्दै चुनाव बहिस्कार गरेका थिए। कुँवरबाहेक उनको प्यानलका अन्यले भने चुनावमा भाग लिए।</p> <p style="text-align:justify">निर्वाचनमा कर्माछिरिङ शेर्पाको प्यानलले सबै सिटमा विजय हासिल गर्&zwj;यो। तर,&nbsp;शेर्पा पक्षले मतदातालगायतका अन्य व्यक्तिलाई पैसा खुवाएर प्रभावित गरेको भन्दै आलोचना भयो। सोही क्रममा ललितपुरका अध्यक्ष पुरुषोत्तम थापासहित काठमाडौं, भक्तपुर र धादिङ जिल्लाका अध्यक्षले &lsquo;एन्फा नेतृत्वका १४ बुँदे अनियमितता&rsquo; तथा &lsquo;चुनावको टेप प्रकरण&rsquo; सार्वजनिक गरेका थिए।</p> <p style="text-align:justify">निर्वाचित अध्यक्ष शेर्पाले चुनावमा आफ्नो पक्षमा भोट जुटाउन अनियमितताको विषयमा कुराकानी गरेको अडिओ टेप सार्वजनिक भएको थियो।</p> <p style="text-align:justify">अडिओमा निर्वाचन आफ्नो पक्षमा पार्न निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको, अदालतमा पनि आर्थिक चलखेलमार्फत् प्रभाव पार्न खोजेको, मताधिकारप्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारेको, निर्वाचनअघि ठूलो धनराशी खर्चेर मतदातालाई भारतको सिक्किममा लगेर क्लोज क्याम्पमा राखेको, हवाई टिकटमा ठूलो धनराशी खर्चेको लगायतका कुराकानी समेटिएका थिए। यी चार जिल्लाका अध्यक्षले एन्फा नेतृत्वको विरुद्धमा राखेप र युवा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी दिएका थिए।&nbsp;</p> <p style="text-align:justify">यो घटनादेखि नै शेर्पा र थापाबीच मनमुटाव बढेको थियो। त्यसको उत्कर्ष हो ५ जेठको कारवाही।&nbsp;</p> <p style="text-align:center"><img alt="" height="640" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/Anfa-team.jpg" width="960" /></p> <p style="text-align:justify"><strong>कारवाहीको कथा&nbsp;</strong></p> <p style="text-align:justify">२२ वैशाखमा एन्फा दिवसका दिनदेखि &lsquo;ए&rsquo;, &lsquo;बी&rsquo; र &lsquo;सी&rsquo; डिभिजनका क्लबहरूको भाइबर ग्रुपमा शुभकामना आदानप्रदान गर्ने क्रममा विवाद शुरू&nbsp;भयो।&nbsp;</p> <p style="text-align:justify">ग्रुपमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले लेखेका थिए-&nbsp;&lsquo;आज वैशाख २२ एन्फा दिवस सम्पूर्ण फुटबल परिवारमा हार्दिक शुभकामना। सचेत रहौं, सुरक्षित बसौं। जय नेपाली फुटबल।&rsquo;&nbsp;</p> <p style="text-align:justify">उनको पोस्ट्मा टिप्पणी गर्दै ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले लेखे-&nbsp;&lsquo;आज एन्फा डे होइन चोरहरूको श्री गणेश डे हो।&rsquo;&nbsp;</p> <p style="text-align:justify">ग्रुप च्याटमा भएको यही संवादलाई लिएर एन्फाले २४ वैशाखमा थापालाई स्पष्टीकरणका लागि पत्र पठायो।&nbsp;</p> <p style="text-align:justify">सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एन्फाले थापालाई ४८ घण्टाभित्र ६ प्रश्नको लिखित स्पष्टिकरण दिनु भनी पत्र काटेको थियो। ती ६ प्रश्न निम्न थिएः&nbsp;<br /> १) उक्त कार्य आफू&nbsp;सम्बन्ध रहेको एन्फालाई बदनाम गराउने अराजक फैलाउने कार्य भयो, भएन ?<br /> २) एन्फा नेतृत्वप्रति इज्जतमा धक्का पुर्&zwj;याउने, अनास्था फैलाउने अपमानजनक घृणित कुप्रचार&ndash;प्रसार कार्य भयो, भएन?<br /> ३) एन्फाको विधान विपरीतको कार्य भयो, भएन?<br /> ४) तपाईंले उक्त कार्य कुन आधार कारणबाट गर्नु भएको हो?&nbsp;<br /> ५) सो कार्य तपाईंबाट गर्न मिल्ने हो वा होइन?&nbsp;<br /> ६) उक्त कार्य बमोजिम तपाईंलाई एन्फाले किन कारवाही गर्नु नपर्ने हो?&nbsp;</p> <p style="text-align:justify">एन्फाले स्पष्टिकरणको पत्र काटेपछि थापाले क्लबको ग्रुप च्याटमा गरेको कुरालाई &lsquo;एन्फाले हस्तक्षेप गरेर स्पष्टिकरण सोध्न नमिल्ने र त्यसले क्लबको स्वतन्त्रतामा आँच आउने, नेतृत्व तानाशाही भएको&rsquo; भन्दै फेसबुकमा स्ट्याटस लेखे। थापाको त्यही स्ट्याटसमा कैलाली फुटबल संघका उपाध्यक्ष अनिल मल्लले कमेन्ट गरे, &lsquo;अनि कोभिड-१९ ग्रुपमा अश्लिल फोटो पोष्ट गर्नेलाई के भो? फुलमाला लगाइएको होला हैन? त्यो पोष्ट सुरक्षित छ है। अरू पनि थुप्रै प्रमाण छन् आवश्यक पर्दा पेश गर्छु।&rsquo;</p> <p style="text-align:justify">अरुले जस्तो गाली गालौज गरे पनि एन्फाले केही नगरेको तर, आफूलाई पुर्वाग्रही ढंगले कारवाही गरेको ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको गुनासो छ। एन्फाको केन्द्रीय नेतृत्वलाई दिएको स्पष्टिकरणमा उनले उल्टै प्रश्नको वर्षा गरेका छन्।</p> <p style="text-align:justify">लेखेका छन् - &lsquo;म एन्फाको सदस्य हो कि होइन? के मैले एन्फा डे मनाउन नपाउने? अनि हाम्रो भावनासँग खेलवाड गर्न एन्फाले पाउने? एन्फाले &lsquo;एन्फा डे&rsquo; भनेर खुशी मनाउँदा हामीले दुखी भएर बस्नुपर्ने? अनि हाम्रा सन्ततिले &lsquo;एन्फा डे किन वैशाख २२ गते ?&rsquo; भनेर सोध्यो भने हामीले के जवाफ दिने? चुनाव हारेको दिन भन्ने? के एन्फा डे कार्यसमिति सदस्यका लागि मात्र हो? अनि हामीले छाती फुलाएर एन्फा डे भन्न नपाउने? मनाउन नपाउने? हाम्रो कुनै अधिकार छैन? योगदान छैन? हाम्रो भावनाको कुनै कदर छैन? प्रजातन्त्र यही हो? लोकतन्त्र यही हो? गणतन्त्र यही हो? के साधारण सभाले एन्फा डेलाई अनुमोदन गरेको हो? यसको जवाफ कसले दिने? यी तमाम प्रश्न मनमा उब्जिएकाले मैले एन्फा डेलाई चोरहरूको श्री गणेश भनेको हो। अन्यथा कुनै त्यस्तो प्रतिशोधले त्यो शब्द प्रयोग गरेको होइन र कसैलाई मैले इंगित गरेको पनि होइन र कसैलाई चोट वा हानी पुर्&zwj;याए&nbsp; क्षमा भन्दै आउने दिनमा यस्तो शब्द प्रयोग गर्ने छैन।&rsquo;</p> <p style="text-align:justify">थापाले प्रश्न उठाएजस्तै &lsquo;एन्फा डे&rsquo; साधारण सभाबाट अनुमोदित भने होइन। कर्माछिरिङ शेर्पाले एन्फा नेतृत्वमा आएपछि आफू निर्वाचित भएको दिन वैशाख २२ लाई &lsquo;एन्फा दिवस&rsquo;का रूपमा मनाउने निर्णय गरेका थिए। गत वर्ष दरबारमार्गस्थित् अन्नपूर्ण होटलमा भव्य कार्यक्रमसहित एन्फा दिवस मनाइएको थियो। सो क्रममा विभिन्न ११ विधामा अवार्ड वितरण गर्दै खेलाडीलाई सम्मान गरिएको थियो। तर, खेलाडीलाई त्यसअघि दिँइदै आएको पुरस्कार रकम घटाएर कक्टेल रात्री भोजमा २०औं लाख खर्च गरेको भन्दै एन्फा दिवसको पहिलो संस्करण नै विवादमा परेको थियो। कोभिड-१९ का कारण यसपाली भने एन्फाले दिवस मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना गरेन।&nbsp;</p> <p style="text-align:justify">शुरूदेखि नै यो एन्फा डेको विपक्षमा रहेका थापाले एन्फालाई बुझाएको स्पष्टिकरणमा सुझाव दिएका छन्, &lsquo;फिफा वा एएफसीसँग आवद्ध भएको दिन वा दक्षिण एशियाली गेम्स शुरू&nbsp;भएको दिन (नेपालबाटै शुरू&nbsp;भएकाले)लाई एन्फा डे मान्न सकिन्छ।&rsquo;</p> <p style="text-align:justify">थापाले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाले ५ जेठबाट लागू&nbsp;हुने गरी थापालाई ललितपुर जिल्ला संघको अध्यक्ष पदबाट आगामी साधारण सभासम्मको लागि निलम्बन गरेको छ। एन्फाले &lsquo;आगामी एन्फा कंग्रेसको बैठकसम्मको लागि फुटबल खेलसँग सम्बन्धित एन्फा र जिल्ला फुटबल संघ समेतका लागि सम्पूर्ण गतिविधिहरूमा संलग्न हुन नपाउने&rsquo; गरी अस्थायी निलम्बन समेत गरेको जनाएको छ।&nbsp;</p> <div style="text-align:center"> <figure class="image" style="display:inline-block"><img alt="" height="960" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/Purusottam Thapa.jpg" width="960" /> <figcaption>पुरूषोत्तम थापा</figcaption> </figure> </div> <p style="text-align:justify"><strong>&lsquo;पुर्वाग्रही र विधान विपरीतको कारवाही&rsquo;</strong></p> <p style="text-align:justify">एन्फाको कारवाही पाएका थापाले भने कारवाहीको निर्णय नै विधान विपरीत भएको दावी गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">&ldquo;नितान्त चुनावी पुर्वाग्रह राखेर कारवाही गरिएको छ। म सिधा र खरो रूपमा बोल्ने मान्छे हुँ। मैले शुरूबाट एन्फाको अनियमितताबारे बोल्दै आएको छु। हामीले एन्फाले १४ बुँदे अनियमितताको कुरा उठाएका थियौं। टेप प्रकरणका कुरा उठाएका थियौं। त्यसैले विशुद्ध रूपमा प्रतिशोध साँध्न यो कारवाहीको नाटक गरिएको हो,&rdquo; थापाले भने, &ldquo;अरूले कस्तो कस्तो गाली गर्दा केही नगर्ने एन्फाले मैले कसैप्रति व्यक्तिगत रूपमा इंगित नगरी नीतिगत कुरा उठाउँदा यस्तो निर्णय गरेको छ। यसबाट उनीहरूकै सोच नांगिएको छ।&rdquo;</p> <p style="text-align:justify">थापाले एन्फाको विधानमा सदस्यलाई कारवाही गर्ने जिम्मा कार्यसमितीलाई मात्र भएको भन्दै सचिवालयले निलम्बन गर्न नसक्ने बताए।&nbsp;</p> <p style="text-align:justify">एन्फाका प्रवक्ता किरण राईले भने थापाविरुद्धको कारवाही सही भएको भन्दै निर्णयको बचाउ गर्ने प्रयास गरे।&nbsp;</p> <p style="text-align:justify">प्रवक्ता राईले भने, &ldquo;हाम्रो सचिवालयले कारवाहीको निर्णय गरेको हो। विधिसम्मत भएन भन्ने उहाँहरूको कुरा हो। त्यसैले उहाँहरूलाई त्यस्तो लाग्छ भने आफ्नो कुरा प्रमाणित गर्न के गर्ने भन्ने उहाँहरूको कुरा हो।&rdquo;</p> <p style="text-align:justify">यस विषयमा एन्फा महासचिव इन्द्रमान तुलाधारले भने कुनै धारणा दिन चाहेनन्।&nbsp;</p> <p style="text-align:justify">दुई वर्षअघि चुनाव हुँदा अध्यक्ष पदका उम्मेद्वार मणि कुँवर भने थापाको पक्षमा उभिएका छन्। उनले थापालाई गरिएको कारवाही विधान विपरीत भएकाले त्यसको कुनै अर्थ नभएको बताएका छन्।&nbsp;</p> <p style="text-align:justify">त्यस्तै, कैलाली फुटबल संघका उपाध्यक्ष अनिल मल्ल पनि थापाको पक्षमा उभिएका छन्। मल्लले फेसबुकमा स्ट्याटस लेखेका छन्-&nbsp;&lsquo;अनुशासन समितिले कार्यसमितीमा सिफारिस पठाई कार्यसमिति बैठकले हस्ताक्षर गरिसकेपछि साधारण सभाको दुई तिहाइले अनुमोदन गरेपछि मात्रै दोषी ठहर हुन्छ अन्यथा कारवाही गर्नेले जवाफ दिनुपर्छ।&rsquo;</p> <p style="text-align:justify">थापाले आफू प्रजातन्त्रिक ढंगले निवार्चनमार्फत् जिल्ला संघको अध्यक्षमा निर्वाचित भएकाले अध्यक्ष पद निलम्बन गर्ने अधिकार एन्फा केन्द्रीय कार्यसमितिलाई नभएको दावी गरेका छन्। उनी भन्छन्, &ldquo;म चुनाव जितेर आएको निर्वाचित अध्यक्ष हो। निर्वाचित अध्यक्षलाई निलम्बन गर्ने अधिकार एन्फालाई छैन। यसमा मेरो घोर विरोध छ।&rdquo;</p> <p style="text-align:justify">थापाले आफूमाथि गरिएको कारवाही विधानविपरीत भएको भन्दै एन्फाको उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएका छन्।&nbsp;</p> <p style="text-align:justify">&ldquo;उनीहरूले विधानको जुन बुँदामा टेकेर कारवाही गरेका छन्, त्यो नै गलत छ। एन्फाको सदस्यलाई कारवाही गर्न कार्यसमिती बैठकले निर्णय गर्नुपर्छ। तर, एन्फा कार्यसमितिको बैठक बिना निलम्बनको पत्र आएको छ। निर्वाचित अध्यक्षलाई निलम्बन गर्ने अधिकार एन्फासँग छैन। यसविरुद्ध म अनुशासन कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा गएर अपिल गर्नेछु&rdquo;, थापा भन्छन्।&nbsp;</p> <p style="text-align:justify"><strong>नौलो होइन एन्फामा कारवाही कथा &nbsp;</strong></p> <p style="text-align:justify">एन्फाको इतिहास पल्टाउने हो भने यस्तो कारवाहीको कथा भने नौलो होइन।&nbsp;</p> <p style="text-align:justify">११ असोज २०७२ मा तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले पनि तत्कालीन उपाध्यक्षद्वय&nbsp;कर्माछिरिङ शेर्पा (हालका अध्यक्ष) र विजयनारायण मानन्धर तथा सदस्य पंकज नेम्वाङलाई यस्तै प्रकृतिको कारवाही गरेका थिए।&nbsp;</p> <p style="text-align:justify">लगातार तीनपटक कार्यसमिति बैठकमा नआएको, अख्तियारमा उजुरी दर्ता गरेको लगायतका विषयमा स्पष्टिकरण लिँदै तत्कालीन एन्फा नेतृत्वले उनीहरूलाई सभासम्मका लागि निलम्बन गरेको थियो। उनीहरूलाई निलम्बन गरेर तत्कालीन एन्फा नेतृत्वले मणि कुँवर, वीरबहादुर खड्का र सन्तोष बानियाँलाई उपाध्यक्ष तथा अरुणमान जोशीलाई सदस्यमा मनोनीत गरेको थियो।&nbsp;</p> <p style="text-align:center"><img alt="" height="640" src="https://www.dekhapadhi.com/storage/photos/shares/Sports/Karmachhiring-Sherpa.jpg" width="960" /></p> <p style="text-align:justify">त्यही विषयलाई लिएर शेर्पा पाटन उच्च अदालतसम्म पुगेका थिए। थापाको नेतृत्व निरंकुश रहेको आरोप लगाएर त्यतिबेला आन्दोलन गरिरहेका शेर्पा पक्षलाई अदालतको उक्त निर्णयले ठूलो आड दिएको थियो।&nbsp;</p> <p style="text-align:justify">त्यही प्रसंगबाट औपचारिकता पाएको शेर्पा पक्षको थापा विरोधी आन्दोलनले दुई वर्षअघिको निर्वाचनसम्म पुग्दा उत्कर्ष पायो। अन्ततः शेर्पा पक्षलाई नेतृत्वमा निर्वाचित बनायो। &nbsp;</p> <p style="text-align:justify">त्यतिबेला आफूमाथि कारवाही हुँदा थापाविरुद्ध निरंकुशताको चर्को नारा लगाउने शेर्पा स्वयंले अहिले थापाको पथ पछ्याएको मणि कुँवरको मत छ। सामाजिक सञ्जालमा आलोचना गरेकै भरमा जिल्ला संघका अध्यक्षमाथि कब्जा गरेर शेर्पाले चुनावताका आफैंले लगाएको सुशासनको नाराको खिल्ली उडाएको कुँवर बताउँछन्।&nbsp;</p> <p style="text-align:justify">त्यसो त कारवाहीको निर्णय गर्न पनि शेर्पा हतारिएको देखिन्छ। २६ माघमा बसेको एन्फा कार्यसमितिको बैठकले नेतृत्वको आलोचना गरिरहने चार जिल्ला संघका अध्यक्षलाई कारवाही गर्ने भनेर प्रक्रियामा राखेको थियो। तर,&nbsp;लकडाउनको बेला पारेर ललितपुरका अध्यक्षलाई हठात् कारवाही गरिएपछि गणेश थापालाई निरंकुश भन्ने शेर्पाले आफैं&nbsp;त्यही आरोप खेपिरहेका छन्।&nbsp;</p> <p style="text-align:justify">कारवाहीको एउटा झिल्कोबाट शुरू&nbsp;भएको विवादले भुसको आगोको रूप लिँदा थापाको बहिर्गमन भएको थियो। आफूमाथि कारवाही भएको र अदालतले न्याय गरेको भन्दै थापाविरुद्ध त्यतिबेला शेर्पाले आफ्नो पक्षमा विस्तारै जनमत बटुलेका थिए। तर, अहिले उनी पुरुषोत्तम थापाको कारवाहीअघि नै एन्फाभित्र कमजोर बन्न थालेका छन्। उनको प्यानलका मुख्य सहयोगीहरू वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अन्य असन्तुष्टहरूको साथमा छुट्टै गुट बनाउन थालेको धेरै भइसक्यो। यो कारवाही प्रकरणले नेम्वाङको गुट थप बलियो बनाउने र शेर्पालाई थप एक्ल्याउने फुटबल राजनीतिका जानकारहरू बताउँछन्।</p> <p style="text-align:justify">फुटबल राजनीतिका एकजना मुख्य खेलाडी भन्छन्, &ldquo;शेर्पा पनि थापाकै पथमा हिँडिरहेका छन्, यो कारवाही शेर्पालाई पदमुक्त गर्ने बाटोको त्यस्तै शुरूआत बन्न सक्छ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्