बाँके। कोरोना संक्रमण उच्च जोखिम बढ्दै गएपछि नेपाल–भारत सीमानाका बाँकेको जमुनाहा आसपासमा स्यानिटाइज गरिएको छ।
बाँकेको सीमानाकामा भारतबाट आउने र नेपालबाट भारत जाने मानिसको चहलपहल बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सीमानाका आसपासमा स्यानिटाइज गरेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए।
भारतका विभिन्न क्वारेन्टाइनमा रहेका नेपाली नेपाल भित्रिँदा व्यक्तिको लगत र आरडीटी गर्दा दुई दिन नाकामा रोकिएकाले उनीहरू बसेको ठाउँ र आसपासमा स्यानिटाइज गरिएको जनाइएको छ।
उपमहानगरपालिकाले भारतबाट अत्यावश्यक सामग्री लिएर आउने मालवाहक गाडीलाई पनि स्यानिटाइज गर्दै आएको छ।
बाँकेको सीमानाका हुँदै नेपाल आएका एक हजारभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ।
बाहिरी जिल्लाबासीलाई सम्बन्धित ठाउँमा पुर्याउनका लागि पहिचान भइरहेको जनाइएको छ। रासस
" /> बाँके। कोरोना संक्रमण उच्च जोखिम बढ्दै गएपछि नेपाल–भारत सीमानाका बाँकेको जमुनाहा आसपासमा स्यानिटाइज गरिएको छ।बाँकेको सीमानाकामा भारतबाट आउने र नेपालबाट भारत जाने मानिसको चहलपहल बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सीमानाका आसपासमा स्यानिटाइज गरेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए।

">