काठमाडौं। वाटफोर्डका रक्षक एड्रियन मारियाप्पाले कोरोना भाइरस परिक्षण पोजिटिभ देखिएका क्लबका तीन जनामध्ये आफू एक भएको खुलासा गरेका छन्।
६ जेठको प्रिमयिर लिगमा ६ जनाको कोरोना भाइरस पोजिटिभ आएको बताइएको थियो। तथापी त्यतिबेला कसैको पनि नाम सार्वजनिक गरिएको थिएन।
वाटफोर्डमा एक खेलाडी दुई कर्मचारी र बर्नलीका सहायक प्रशिक्षक इयान वोयनको कोरोना भाइरस परिक्षण पोजिटिभ आएको भनिएको थियो। अन्य दुईको नाम सार्वजनिक गरिएको छैन।
मारियाप्पाले आफूले फिट महशुस गरेको बताएका छन्।
‘‘म एकदम आश्चर्यचकित भए। किनकी म घरबाट बाहिर निस्केकै थिइन,’’ ३३ वर्षे मारियाप्पाले भने, ‘‘केही व्यायम र बच्चाहरूसँग हिड्नुबाहेक म फिट रहनका लागि घरमै अभ्यास गरिरहेको छु। मेरो जीवनशैली एकदम शान्त थियो। कुनै जमघट गरेको थिइन। बाहिर निस्केको थिइन। त्यसैले मलाई कसरी भयो भनेर अचम्म लागेको छ।’’
जमैकाका रक्षक मारियाप्पाले थपे, ‘‘मलाई कुनै लक्षण पनि देखिएको थिएन। यो एकदम डरलाग्दो छ। कही, कतै ननिस्कदा पनि भाइरस संक्रमण भएको छ।’’
चेल्सीका एन‘गोलो कान्टेले पनि कोरोना भाइरस संक्रमणका डरले ट्रेनिङ छुटाएका थिए। वाटफोर्डका कप्तान ट्रोए डीनले पनि संक्रमणको डरका कारण टीममा सामेल नहुने बताएका थिए।
" /> काठमाडौं। वाटफोर्डका रक्षक एड्रियन मारियाप्पाले कोरोना भाइरस परिक्षण पोजिटिभ देखिएका क्लबका तीन जनामध्ये आफू एक भएको खुलासा गरेका छन्।६ जेठको प्रिमयिर लिगमा ६ जनाको कोरोना भाइरस पोजिटिभ आएको बताइएको थियो। तथापी त्यतिबेला कसैको पनि नाम सार्वजनिक गरिएको थिएन।

">