सप्तरी। सप्तरीका विभिन्न स्थानमा करेन्ट लागेर तीन दिनको अवधिमा तीन जनाको मृत्यु भइएको छ।
बोदे बर्साइन नगरपालिका, डाक्नेश्वरी तथा खडक नगरपालिकामा एक÷एकजनाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।
बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनको उपचारका लागि बोदे बसाईन–५ स्थित जीवन दीप अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवारले बताएको छ।
यसअघि डाक्नेश्वरी नगरपालिका–१० मा ३५ वर्षीय रञ्जितकुमार साह र खडक नगरपालिका–३ बस्ने २२ वर्षीया बबिताकुमारी मण्डलको करेन्ट लागेर मृत्यु भएको थियो।
घरमा मोटर जडान गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो भने खेतमा घाँस काटिरहेका बेला मण्डललाई करेन्ट लागेको थियो। रासस
" /> सप्तरी। सप्तरीका विभिन्न स्थानमा करेन्ट लागेर तीन दिनको अवधिमा तीन जनाको मृत्यु भइएको छ।बोदे बर्साइन नगरपालिका, डाक्नेश्वरी तथा खडक नगरपालिकामा एक÷एकजनाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।

">