'अनेकौं प्रयास गर्दा पनि कोरोना संक्रमितलाई बचाउन सकिएन'

काठमाडौं। कोरोना भाइरसको संक्रमण (कोभिड-१९) बाट रूपन्देहीको एक अस्पतालमा गुल्मीका एक जना शिक्षाकको मृत्यु भएकोमा प्रदेश ५ का सामाजिक विकासमन्त्रीले दुख व्यक्त गरेका छन्।

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेण्टीलेटरमा उपचारत गुल्मीको मदाने गाउँपालिका-६ निवासी ४१ वर्षिय शिक्षकको आज बिहान मृत्यु भएको थियो।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले एक विज्ञप्ति निकालेर 'उनलाई बचाउन अनेकौं प्रयास गर्दा पनि नसकिएको' भन्दै दुख व्यक्त गरेका हुन्।

गुल्मीको कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षती भएको मन्त्रीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्