धनकुटाका ३४ वर्षीय संक्रमित प्रहरी जवान भएको पुष्टि
काठमाडौं। धनकुटामा थप एकजना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत ३४ वर्षीय ती जवानमा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान अद्यावधिक गरेको विवरणमा उल्लेखित ३४ वर्षीय पुरुष प्रहरी हुन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख डीएसपी सुदर्शनप्रसाद कोइरालाले अस्पतालमा कार्यरत ती प्रहरीमा संक्रमण भएको जानकारी दिए।

जिल्ला अस्पतालमा ड्युटी रहेका ती जवानलाई संक्रमण पुष्टि भएपछि उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइसकिएको छ।

यसअघि ३४ वर्षीय युवकसँगै अस्पतालमा ड्युटीमा कार्यरत अर्का एकजना प्रहरी जवान पनि संक्रमणमा परेका थिए।

धनकुटा जिल्ला अस्पतालमै कार्यरत चारजना स्वास्थ्यकर्मी, एकजना स्वास्थ्यकर्मीको परिवारका सदस्य र दुईजना प्रहरी गरी धनकुटामा सातजनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्