सम्बन्धित सरकारी निकायका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै वायरले लेखेको छ- यसबाट भएको क्षतिबारे अहिले नै अनुमान गर्न गाह्रो छ। किनभने जुन स्थानमा धेरै क्षति भएको छ, त्यहाँ जान अहिले पनि सम्भव छैन।
पश्चिम बंगालमा परेको धेरै ठूलो पानीले पनि धनजनको क्षति पुर्याएको छ। त्यहाँकी मुख्यमन्त्री ममता बेनर्जीले अंपुनको असर कोरोना भाइरसको भन्दा बढी भएको टिप्पणी गरेकी छन्। उनले भनेकी छन्- "थुप्रै ठाउँहरूमा ठूलो क्षति पुगेको छ। हामीले आज युद्धको जस्तो अवस्था भोगेका छौं।"
यता नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालमा समेत यसको प्रभाव देखिन सक्ने बताएको छ। जसबाट प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशको मौसम हिजो, ७ जेठदेखि तीन दिनसम्म प्रभावित हुने उसको अनुमान गरिएको छ।
यी क्षेत्रका केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको र गण्डकी प्रदेश तथा प्रदेश ५ का केही जिल्लाहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। प्रदेश १ को हिमाली तथा पहाडी जिल्लाहरूको एक-दुई स्थानका स-साना खोलानालाहरूमा जलप्रवाह बढ्न सक्ने सम्भावना रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ।
" /> द वायरका अनुसार हजारौं घर भत्किएका छन् र धेरै स्थानमा पानी जमेको छ। हावाहुरीका कारण रूख ढलेर च्यापिँदा, बिजलीका तार टुटेर करेन्ट लाग्दा र हावाले उडाएर ल्याएका गह्रौं बस्तुसँग ठोक्किँदा मानिसकहरूको मृत्यु भएको छ।सम्बन्धित सरकारी निकायका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै वायरले लेखेको छ- यसबाट भएको क्षतिबारे अहिले नै अनुमान गर्न गाह्रो छ। किनभने जुन स्थानमा धेरै क्षति भएको छ, त्यहाँ जान अहिले पनि सम्भव छैन।

">