भेन्टिलेटर खरिदमा भ्रष्टाचार आरोपमा पक्राउ परे बोलिभियाका स्वास्थ्य मन्त्री

सुक्रेई। दक्षिण अमेरिकी मुलुक बोलिभियाका स्वास्थ्य मन्त्री भेन्टिलेटर खरिदमा भ्रष्‍टाचार आरोपमा पक्राउ परेका छन्।

सीएनएनका अनुसार मन्त्री मार्सेलो नभजेस एक सय ७० वटा भेन्टिलेटर खरिद प्रकरणमा मुछिएका हुन्।

बोलिभियाका अन्तरिम राष्‍ट्रपति जिनाइन एनेजले ट्विटरमार्फत दिएको जानकारीअनुसार इन्टर-अमेरिकन बैंकबाट एक सय ७० वटा भेन्टिलेटर खरिदका लागि २० लाख डलर ऋण लिइएको थियो। स्पेनी कम्पनीसँग भेन्टिलेटर आयातको सम्झौता भएको थियो।

यस प्रकरणमा मन्त्री नभजेससहितका धेरै सरकारी अधिकारी पक्राउ परेका छन्। उनीहरू मुद्दा चलाउने तयारी भइरहेको छ। मन्त्री नभजेस पदबाट बर्खास्त भएका छन्।

अन्तरिम राष्‍ट्रपति एनेजले भ्रष्‍टाचार प्रकरणको गम्भिर छानविन गर्न निर्देशन दिएकी थिइन्।

इन्टर-अमेरिकन बैंकले पनि भेन्टिलेटर खरिदमा भएको अनियमितताबारे सचेत रहेको र तत्काल छानविन थाल्न आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्