कोरोना भाइरसको संक्रमण तीव्रः डब्लूएचओ

जेनेभा। कोरोना भाइरसको संक्रमणबाट तत्काल संसारले पार पाउन नसक्ने विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ।

डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा मात्र संसारभर कोभिड-१९ का एक लाख ६ हजार नयाँ बिरामी फेला परेका छन्। यो संख्या दैनिक संक्रमणका हिसाबले ठूलो भएको डब्लूएचओको भनाइ छ।

“एकातिर धनी मुलुकहरू लकडाउनबाट बाहिर निस्किन प्रयत्नरत छन्, अर्कोतिर गरिब मुलुकमा भाइरसको प्रसार तीव्र छ,” डब्लूएचओका महानिर्देशक टेड्रोस अदानम गेब्रियससले भने।

यसैबीच, युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलका निर्देशक डा. एन्ड्रिया अम्मोनले कोरोना भाइरसको दोस्रो तरंगका लागि तयार रहन युरापेली मुलुकहरूलाई सचेत गराएकी छन्। “खाली दोस्रो लहर कहिले शुरु हुन्छ भनेर प्रतीक्षा मात्र गर्नु पर्नेछ,” उनले भनिन्, “र, त्यसको प्रभाव कस्तो हुनेछ भनेर सतर्कता अपनाउनु आवश्यक छ।”

युरोपका कतिपय मुलुक आफ्नो अर्थव्यवस्थालाई अगाडि बढाउन लकडाउन खुकुलो पार्ने प्रयासमा रहेका बेला डा. अम्मोनले दोस्रो लहरको चेतावनी दिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्