चेल्सीका जिरोड र काबालेरोको गरे सम्झौता नवीकरण
<p>काठमाडौं। चेल्सीका स्ट्राइकर ओलिभर जिरोड र गोलकिपर विले काबालेरो क्लबको सम्झैता नवीकरण गरेका छन्। यससँगै उनीहरू अर्को सिजन पनि स्टामफेर्ड ब्रिजमै रहने भएका छन्। </p>
<p>यो सिजन समाप्त भएसँग जिरोडसँगको सम्झैता समाप्त हुन्थ्यो। त्यसकारण उनी लाजियोसँग जोडिएका थिए। तर ३३ वर्षे फ्रान्सका फरवार्डले भनेका छन्, ‘‘मेरो यात्रालाई यहाँ निरन्तरता दिन पाउँदा खुशी छु। कोभिड-१९ महामारीका कारण मार्चमा खेल स्थगित हुनुअघि भएको एभर्टनविरुद्धको अन्तिम खेलमा ४-० को नतिजा निकाल्दा अन्तिम गोल जिरोडले गरेका थिए। </p>
<p>जिरोड आर्सनलबाट सन् २०१८ मा चेल्सीसँग अनुबन्ध भएका थिए। उनले पहिलो रोजाइमा परेका ४९ खेलमा सात गोल गरेका छन्। </p>
<p>चेल्सीले गोलकिपर काबालेरोसँग पनि अर्को एक सिजनका लागि सम्झौता गरेको छ। काबालेरो अब २०२०-२१ सिजन पनि चेल्सीमै रहनेछन्। उनले भनेका छन्, ‘‘सबैका लागि अहिले कठिन समय छ। त्यसैले यो अवसरका लागि म खुशी छु।’’</p>
प्रतिक्रिया दिनुहोस्
