नेपालमा ४४४ जनामा कोरोना संक्रमण, थपिए १७ नयाँ संक्रमित <p>काठमाडौं। नेपालमा थप १७ जना नयाँ संक्रमित भेटिएका छन्।</p> <p>झापा, धनकुटा र सुनसरीमा गरी कोरोना भाइरसका १७ जना संक्रमित थपिएका हुन् ।</p> <p>आज बिहान विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका संक्रमितबारे जानकारी दिएको हो ।</p> <p>नयाँ संक्रमितमा झापाको कचनकवल गाउँपालिका- ३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका १५ जना पुरुष छन् । यस्तै, धनकुटाका ३४ वर्षीय पुरुष र धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्