काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमण संक्रमण तीब्र बनेसँगै यसको चपेटामा पर्नेको दायरा पनि फैलिँदै गएको छ। महामारीको यो बेला अग्रभागमा रहेर काम गर्नेदेखि मकै पोलेर गुजारा चलाउने व्यक्तिसम्म संक्रमित हुन पुगेका छन्।
दुई महीनाको शिशुदेखि ८१ वर्षिया वृद्धासम्मलाई कोरोना भाइरसले समातेको छ। यसरी हेर्दा सबै उमेर समूह र विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिमा संक्रमण देखिन्छ।
कोरोना संक्रमित हुनेमा भारतबाट फर्किएका मजदुरहरू बढी छन्। तर, संक्रमण श्रमिक वा ज्याला मजदुरी गर्न परदेश गएर फर्केकामा मात्र सीमित छैन।
तर, कुन–कुन पेशा, व्यवसायका व्यक्ति संक्रमित छन् भन्ने विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राख्ने गरेको छैन। मन्त्रालय मात्र होइन, स्वास्थ्य सेवा विभाग र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग पनि यो विवरण छैन।
“पेशागत आधारमा संक्रमितको विवरण अद्यावधिक गरिएको छैन। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सवारी चालक, सञ्चारकर्मीहरू संक्रमित भएका छन्। तर, यसैगरी विवरण छुट्टयाएर राखिएको छैन”, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले देखापढीसँग भने।
मन्त्रालयले उमेर, लिङ्ग र ठेगाना मात्रै राखेको छ। तर, मन्त्रालयले उल्लेख गरेको ठेगाना समेत गलत परेपछि भ्रम उत्पन्न भएको छ। बिरामी एक ठाउँमा हुने र अर्को ठाउँको ठेगाना मन्त्रालयको विवरणमा पर्दा कन्ट्याक्ट ट्रेसिङ लगायतका काममा समस्या र नागरिकमा त्रास बढ्ने गरेको छ। राष्ट्रिय सूचना आयोगले ६ जेठमा अब संक्रमितको अस्थायी र स्थायी दुवै ठेगाना उल्लेख गर्न मन्त्रालयलाई निर्देशन दिइसकेको छ।
मन्त्रालयले पेशागत विवरण नराखे पनि देखापढीलाई प्राप्त केही विवरण अनुसार शिक्षकदेखि चिकित्सकसम्म र प्रहरीदेखि सेनासम्म यसबाट संक्रमित भएका छन्। दुई महीनाको शिशु र मकै पोल्ने वृद्धादेखि व्यापारीसम्म संक्रमित भेटिएका छन्। र, समाचार संलकनमा खटिने पत्रकारहरूमा समेत संक्रमण देखिएको छ।
“पेशागत आधारमा संक्रमितको विवरण अद्यावधिक गरिएको छैन। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सवारी चालक, सञ्चारकर्मीहरू संक्रमित भएका छन्। तर, यसैगरी विवरण छुट्टयाएर राखिएको छैन”- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारी।
नेपालमा पहिलो पटक ३० वैशाखमा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो। त्यो दिन कपिलवस्तुमा थपिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी थिइन्। उनी जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुल्यो।
त्यसपछि ५ जेठमा धनकुटा अस्पतालमा कार्यरत एक स्टाफ नर्समा पनि संक्रमण देखियो। धनकुटा अस्पतालमा बहिरङ्ग सेवाको इन्चार्ज रहेकी ३४ वर्षीया नर्सलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनलाई अस्पतालमा आएका बिरामीबाट संक्रमण सरेको आंशका गरिएको छ।
६ जेठमा नेपालमा पहिलोपटक चिकित्सकमा कोरोना भाइरस संक्रमण देखियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भयो। ललितपुरमा बस्ने उनी संक्रमणको उच्च जोखिम रहेको रूपन्देही र कपिलवस्तु पुगेर त्यहाँका संक्रमितको कट्याक्ट टे«सिङको काम सकेर फर्किएका थिए।
यसैगरी, ३ जेठमा महोत्तरी र काभ्रेमा संक्रमित पुष्टि भएका दुई जना नेपाली सेनामा कार्यरत रहेको पुष्टि भयो। त्यसमध्ये एकजना उपरथी दर्जाका पृतनापति र अर्का सोही पृतनामा कार्यरत सेनाका स्वास्थ्यकर्मी रहेको बताइन्छ।
सेना मात्र होइन अग्रभागमा खटिने प्रहरी पनि कोरोना संक्रमित भएका छन्। ७ जेठमा मात्र महानगरीय प्रहरी वृत्त कालीमाटीमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखियो। यसमा एकजना जवान र अर्का प्रहरी नायब निरीक्षक रहेको पुष्टि भएको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार उनीहरूमध्ये प्रहरी जवान ‘आपराधिक तथ्यांक’ राख्ने जिम्मेवारीमा थिए। दुईजनामा संक्रमण देखिएपछि कालिमाटी वृत्तका २१४ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।
मुद्दा शाखाका प्रहरीमा संक्रमण देखिएपछि सरकारी वकील र अदालतका कर्मचारीसमेत त्रसित भएका छन्।
यसअघि जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत एक प्रहरी जवानमा ३ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी, ३१ वैशाखमा कपिलवस्तुमा चार जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको थियो। त्यसमा दुईजना नेपाल प्रहरी, एकजना राष्ट्रिय अनुसन्धान विभाग र अर्का सशस्त्र प्रहरीका कर्मचारी थिए।
“अहिले पेशागत आधारमा पनि विवरण चाहिन्छ भन्ने महसुस भयो। भोलिबाट नै पेशागत रूपमा पनि विवरण अद्यावधिक गर्नमा लाग्छौं”- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे।
उसो त त्यसअघि नै नेपालमा सुरक्षाकर्मीमा संक्रमण देखिइसकेको थियो। पहिलोपटक नेकपा नेता भीम रावलको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीमा देखिएको संक्रमण थियो।
उनलाई ३० वैशाखमा संक्रमण देखिएको थियो। तर, संक्रमण देखिएका बखत उनी रावलको सुरक्षा टीममा थिएनन्। घरायसी कामले डेढ महीनादेखि विदामा बसेका उनी पुनः सुरक्षा टीममा फर्किनुअघि जाँच गर्दा संक्रमण देखिएको थियो।
र, १ जेठमा सशस्त्रकै अर्का कर्मचारी (जवान)लाई संक्रमण पुष्टि भएको थियो। ३१ वैशाखमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँमा भेटिएकी कोरोना संक्रमित महिलासँगै उनी पनि कञ्चनपुरबाट काठमाडौं फर्किएका खुलेको थियो।
यसैगरी, समाचार संकलनका लागि पुग्ने पत्रकारहरूमा पनि कोरोना संक्रमण देखिएको छ। पर्साको वीरगञ्जमा दुई, उदयपुर, धनुषा र बाराका एक/एकजना पत्रकार संक्रमित भएका छन्।
गुल्मीका एक शिक्षक पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।
५ जेठमा कोरोना संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका, पुर्कोटका ४१ वर्षीय पुरुष सरकारी विद्यालयका शिक्षक रहेको पत्ता लागेको छ। उनी रूपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत छन्।
१ जेठमा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि उनी रूपन्देही पुगेका थिए। नेपालमा संक्रमित भएकामध्ये शिक्षक उनी मात्र हुन्। यद्यपी, धेरैजनाको पेशागत विवरण खुल्न सकेको छैन।
देखापढीले चासो राखेपछि पेशागत विवरण पनि राख्नुपर्ने रहेछ भन्ने महसुस भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।
“अहिलेसम्म हामीले पेशागत आधारमा कोरोना संक्रमित भएको व्यक्तिको विवरण तयार गरेर राख्ने गरेका छैनौं। अहिले पेशागत आधारमा पनि विवरण चाहिन्छ भन्ने महसुस भयो”, निर्देशक डा. पाण्डेले भने, “भोलिबाट नै पेशागत रूपमा पनि विवरण अद्यावधिक गर्नमा लाग्छौं।”
आजसम्म कति संक्रमित, कति डिस्चार्ज र कति मृत्यु ?
नेपालमा ७ जेठ राति अबेरसम्म संक्रमितको संख्या ४३४ पुगेको छ। यसमा ४५ जना निको भएर घर फर्किसकेका छन् भने दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिला र बाँकेको नरैनापुरका २५ वर्षका युवक छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ६६, प्रदेश २ मा १३६, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १९६, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन्।
" /> काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमण संक्रमण तीब्र बनेसँगै यसको चपेटामा पर्नेको दायरा पनि फैलिँदै गएको छ। महामारीको यो बेला अग्रभागमा रहेर काम गर्नेदेखि मकै पोलेर गुजारा चलाउने व्यक्तिसम्म संक्रमित हुन पुगेका छन्।दुई महीनाको शिशुदेखि ८१ वर्षिया वृद्धासम्मलाई कोरोना भाइरसले समातेको छ। यसरी हेर्दा सबै उमेर समूह र विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिमा संक्रमण देखिन्छ।

">