"> क्वारेन्टाइनमा क्षमताभन्दा तेब्बर बढी, भारतबाट फर्केकाको चौरमै बास: Dekhapadhi
क्वारेन्टाइनमा क्षमताभन्दा तेब्बर बढी, भारतबाट फर्केकाको चौरमै बास
कैलाली। भारतका विभिन्न स्थानबाट पलिया हुँदै गौरीफन्टा आइपुगेका नेपालीलाई आज धनगढी भित्र्याइएकाे छ।

कोरोना परीक्षण नगरेरै धनगढी भित्र्याइएका उनीहरूलाई धनगढी भन्सारनजिकै रहेको नवदुर्गा मावि क्वारेन्टाइनमा राखिएकाे छ।

क्वारेन्टाइनकाे क्षमताभन्दा तेब्बर मानिस भएपछि समस्या भएकाे छ। १५० क्षमता भएकाे क्वारेन्टाइनमा अहिले त्यहाँ ४५० जनाभन्दा बढी छन्। अन्यलाई कैलाली बहुमुखी क्याम्पस र धनगढी रंगशालामा बनाइएकाे क्वारेन्टाइनमा राखिएकाे छ।

नवदुर्गा क्वारेन्टाइनमा ठाउँ नभएपछि अधिकांश चाैरमै बसेका छन्।

यहाँ भाैतिक  दूरीकाे पालनासमेत गरिएकाे छैन।

यसले संक्रमणकाे जाेखिम झन् बढाएकाे छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जाेशीका अनुसार भारतबाट ८५८ जना नेपाली आएका छन् भने नेपालबाट ६०३ जना भारत गएका छन्।

प्रतिक्रिया दिनुहोस्