काठमाडौं। दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच कोरोना भाइरसको विषयलाई लिएर भइरहेको आरोप–प्रत्यारोप अझै रोकिएको छैन।
यसअघि अमेरिकाले कोरोना भाइरसलाई चीनसँग जोडेर 'चाइनिज भाइरस' तथा 'वुहान भाइरस' जस्तो नाम दिएको थियो।
त्यसलाई चीनले निरन्तर खण्डन गर्थ्यो। आज फेरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले दिएको अभिव्यक्तिलाई चीनले भ्रमको संज्ञा दिएको छ।
ट्रम्पले संक्रमितको संख्या धेरै देखिनुको अर्थ अमेरिकामा परीक्षण अरु देशमा भन्दा राम्रो भइरहेको र यो सम्मानजनक विषय भएको बताएका थिए।
यता चीनले भने ट्रम्पको आजको र यसअघिका अभिव्यक्तिले मानिसहरूलाई भ्रममा पार्ने कोसिस गरेको आरोप लगाएको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अमेरिकाले कोरोनाभाइरस संक्रमणबारे पटक–पटक भ्रम फैलाएको आरोप लगाएकी हुन्।
‘अमेरिकाबाट निरन्तर जारी गरिएका गलत सूचनाबाट मानिस भ्रम र अलमलमा पर्नसक्ने’ उनले दावी गरेकी छन्।
ट्वीट गर्दै उनले विश्व स्वास्थ्य संगठनको बचाउ गरेकी छन्। र, अमेरिकालाई प्रश्न गरेकी छन्, ‘मैले भनेको माने तिमी बाँच, नमाने तिमी मर भन्ने यो कस्तो खालको अमेरिकी विज्ञान र प्रजातन्त्र हो?’
" /> काठमाडौं। दुई शक्ति राष्ट्र चीन र अमेरिकाबीच कोरोना भाइरसको विषयलाई लिएर भइरहेको आरोप–प्रत्यारोप अझै रोकिएको छैन।यसअघि अमेरिकाले कोरोना भाइरसलाई चीनसँग जोडेर 'चाइनिज भाइरस' तथा 'वुहान भाइरस' जस्तो नाम दिएको थियो।

">