“डाइक्लोफेनेक खुवाइएका चौपाया मरेपछि सो सिनो खाँदा गिद्धको मिर्गौलामा समस्या भई मर्ने गर्छन्”, उनले भने।

मध्य पहाडी भागमा वासस्थान हुने सुन गिद्ध, घाँटी खुलेका र अन्य सानो प्रजातिका हिमाली गिद्ध पछिल्ला वर्षमा बढ्दै गएको खप्तड राष्ट्रिय निकुञ्जका पूर्व सहायक संरक्षण अधिकृत प्रकाश शाह बताउँछन्।

खासगरी खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रभित्र हिमाली गिद्धको संख्यामा वृद्धि भएको उनकाे भनाइ छ।

उनका अनुसार पर्याप्त आहारा, वासस्थान संरक्षण तथा पशुमा डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगरिनुलगायत कारणले यहाँ गिद्धको संख्यामा वृद्धि भएको हो।

उनले यसअघि गिद्धको बारेमा यहाँ कुनै अध्ययन अनुसन्धान नभएको बताए। “पछिल्ला वर्षमा गिद्धको संख्या धेरै देखिन थालेको छ”, उनले भने, “निकुञ्ज तथा सम्बन्धित  कार्यालयले अध्ययनका लागि योजना बनाउन आवश्यक छ।”

नेपालमा हाडफोर, सेतो, डंगर, सानोखैरो, हिमाली, खैरो, राज, सुन र लामोठुँडे गिद्ध गरी ९ प्रजातिका गिद्ध पाइन्छन्।

डंगरगिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अतिसंकटापन्न सूचीमा छन्। सेतो गिद्ध र हिमाली गिद्ध पनि संकटापन्नउन्मुख रहेको शाह बताउँछन्।

"> सुदूर पहाडमा बढ्दैछन् गिद्ध: Dekhapadhi
सुदूर पहाडमा बढ्दैछन् गिद्ध
कैलाली। गिद्धलाई प्रकृतिको कुचीकारका रूपमा लिइन्छ। संरक्षण अभावमा यो संकटग्रस्त अवस्थामा छ।

तर, सूदुरका पहाडी जिल्लामा भने गिद्धको संख्या बढ्दै गएको पाइएको छ।

केही वर्षअघिसम्म बिरलै देखा पर्ने गिद्ध अहिले प्रशस्त मात्रामा देखिन थालेका छन्।

डिभिजन भेटेरीनरी कार्यालय डोटीका अनुसार जिल्लामा गिद्धको संख्या कति छ भनेर यकिन तथ्यांक छैन।

सामुद्रिक सतहबाट ३०० देखि ६०० मिटर उचाइमा गिद्ध देखिन थालेको सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका क्षेत्रीय निर्देशक यज्ञराज जोशीले बताए।

पछिल्लो समय देशका अधिकांश जिल्ला डाइक्लोफेनेकमुक्त घोषणा भइसकेपछि गिद्धको संख्यामा विस्तारै वृद्धि हुँदै गइरहेको जोशीको भनाइ छ।

“डाइक्लोफेनेक खुवाइएका चौपाया मरेपछि सो सिनो खाँदा गिद्धको मिर्गौलामा समस्या भई मर्ने गर्छन्”, उनले भने।

मध्य पहाडी भागमा वासस्थान हुने सुन गिद्ध, घाँटी खुलेका र अन्य सानो प्रजातिका हिमाली गिद्ध पछिल्ला वर्षमा बढ्दै गएको खप्तड राष्ट्रिय निकुञ्जका पूर्व सहायक संरक्षण अधिकृत प्रकाश शाह बताउँछन्।

खासगरी खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रभित्र हिमाली गिद्धको संख्यामा वृद्धि भएको उनकाे भनाइ छ।

उनका अनुसार पर्याप्त आहारा, वासस्थान संरक्षण तथा पशुमा डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगरिनुलगायत कारणले यहाँ गिद्धको संख्यामा वृद्धि भएको हो।

उनले यसअघि गिद्धको बारेमा यहाँ कुनै अध्ययन अनुसन्धान नभएको बताए। “पछिल्ला वर्षमा गिद्धको संख्या धेरै देखिन थालेको छ”, उनले भने, “निकुञ्ज तथा सम्बन्धित  कार्यालयले अध्ययनका लागि योजना बनाउन आवश्यक छ।”

नेपालमा हाडफोर, सेतो, डंगर, सानोखैरो, हिमाली, खैरो, राज, सुन र लामोठुँडे गिद्ध गरी ९ प्रजातिका गिद्ध पाइन्छन्।

डंगरगिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अतिसंकटापन्न सूचीमा छन्। सेतो गिद्ध र हिमाली गिद्ध पनि संकटापन्नउन्मुख रहेको शाह बताउँछन्।

प्रतिक्रिया दिनुहोस्