"> बंगालको खाडीमा विकास भएको चक्रवातको प्रभाव आजदेखि नेपालमा देखिन सक्ने, प्रदेश १ र २ मा सतर्कता अपनाउन आग्रह: Dekhapadhi
बंगालको खाडीमा विकास भएको चक्रवातको प्रभाव आजदेखि नेपालमा देखिन सक्ने, प्रदेश १ र २ मा सतर्कता अपनाउन आग्रह
काठमाडौं। ३ जेठ साँझदेखि बंगालको खाडीमा विकास भएको अंपुन नामक चक्रवात उत्तर-उत्तर-पूर्व बढ्ने क्रममा अझ शक्तिशाली भइरहेको छ।

आज दिउँसोपछि पश्चिम बंगालको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने क्रममा रहेको उक्त चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज एक विज्ञप्ति प्रकाशित गरी नेपालमा समेत यसको प्रभाव देखिन सक्ने बताएको छ। जसबाट प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशको मौसम आजदेखि तीन दिनसम्म प्रभावित हुने अनुमान गरिएको छ।

यी क्षेत्रका केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको र गण्डकी प्रदेश तथा प्रदेश ५ का केही जिल्लाहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।

प्रदेश १ को हिमाली तथा पहाडी जिल्लाहरूको एक-दुई स्थानका स-साना खोलानालाहरूमा आज रातिदेखि नै जलप्रवाह बढ्न सक्ने सम्भावना रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ।

प्रदेश १ को तराईका जिल्लाहरू र प्रदेश २ को सप्तरी, सिराहाका स-साना खोलाहरूमा तथा कन्काई, कोशी र यी नदीहरूका सहायक खोलाहरूमा जलसतह बढ्ने, तर सतर्कता तहभन्दा मुनि रहने सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्