न्युयर अझै एक वर्ष बायर्नमे रहने
काठमाडौं। जर्मनीका गोलकिपर म्यानुयल न्युयरले बायर्न म्युनिखसँगको सम्झाैता थप एक वर्षका लागि नवीकरण गरेका छन्। अब उनी २०२३ जुनसम्म बायर्नमै रहनेछन्।

अर्को सिजनबाट क्लबले साल्केका एलेक्डेन्डर नुबेललाई ल्याउने सम्झाैता गरेपछि ३४ वर्षे बायर्नका कप्तान न्युयर र बायर्नबीच पटक-पटक नयाँ सम्झाैताका लागि छलफल भएको थियो। तर, क्लबले उनको स्थान सुरक्षित रहने आश्वस्त पारेपछि सम्झाैता नवीकरण गरिएको थियो।

बायर्नले जनवरीमा साल्केका गोलकिपर २३ वर्षे नुबेललाई १ जुलाईबाट पाँच वर्षका लागि सम्झाैता गर्ने घोषणा गरेको थियो।

‘‘म न्युयरको वर्तमान अवस्थालाई राम्रोसँग बुझ्न सक्छु’’, बायर्नका पूर्व गोलकिपर तथा बोर्डका सदस्य ओलिभर कानले भने, ‘‘करिअरको यो अवस्थामा न्युयर के चाहन्छन् र उनलाई के महत्त्वपूर्ण हुन्छ भन्ने हामीले बुझेका छौं।’’

न्युयरले २०१४ मा जर्मनीबाट विश्वकपको उपाधि जितेका थिए। उनी २०११ मा साल्केबाट बायर्नमा अनुबन्ध भएका थिए।

उनी चार पटकसम्म विश्वको उत्कृष्ट गोलकिपर घोषित भएका थिए। उनले बायर्नबाट सात बुन्डेसलिगा, पाँच जर्मन कप र २०१३ मा च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

प्रतिक्रिया दिनुहोस्