भलिबल दिवसमा औपचारिक कार्यक्रम नहुने

काठमाडौं। काेभिड-१९ का कारण यस वर्ष भलिबल दिवसमा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ। भलिबल नेपालको राष्ट्रिय खेल हो।

सरकारले राष्ट्रिय खेल घोषणा गरेको दिनलाई नेपाल भलिबल संघले भलिबल दिवस मनाउँदै आएको थियो।

सरकारले ८ जेठ २०७४ मा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो। त्यसयता भलिबल संघले ८ जेठमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ।

भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको भोलि, ८ जेठमा तीन वर्ष पूरा हुँदैछ। कोभिड-१९ महामारीका कारण देश लकडाउनको अवस्थामा छ।

११ चैत २०७६ बाट शुरू लकडाउन २० जेठसम्म जारी रहनेछ। त्यसकारण यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम नहुने भलिबल संघले जनाएको छ।

यसअघि कोभिड-१९ महामारीकै कारण भलिबल संघले गर्ने एनभीए राष्ट्रिय पुरुष महिला क्लब भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएको थियो।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले ४ चैतबाट कुनै पनि खेलकुद गतिविधि नगर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्