टोटेनह्यामका रक्षक आउरिउरद्वारा तेस्रोपटक सामाजिक दूरीकाे नियम उल्लंघन, क्लबले छानबिन गर्ने
काठमाडौं। टोटेनह्यामका ‘राइट ब्याक’ सर्ज आउरिउरले तेस्रोपटक सामाजिक दूरीको नियम उल्लंघन गरेपछि क्लबले उनीमाथि छानबिन गर्ने भएको छ।

२७ वर्षे आउरिउरले कपाल काटेपछि आफ्नो हजामसँग खिचेको फोटो सामाजिक सञ्जालमा राखेका थिए।

इङ्ल्यान्डमा कपाल काट्ने सैलुनहरू चाँडोमा ४ जुलाईबाट खुल्ने बताइएको छ। र, त्यहाँ कोही घरमा पाहुना हुन पाउने छैन।

इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामले परिस्थितिको अनुसन्धान गरिरहेको र उक्त घटनाबारे उचित निर्णय लिने जनाएको छ।

हिजाे प्रशिक्षणमा फर्किने टोटेनह्यामका खेलाडीहरूमध्ये आउरिउर पनि एक थिए।

आइभोरी कोष्टका रक्षक आउरिउरले यसअघि पनि लकडाउनको समयमा साथीहरूसँग दौडिरहेको भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।

त्यसअघि उनी र टीमका साथी मोउसा सिसोकोसँग सँगै ट्रेनिङ गरेको भिडिओ राखेका थिए। उनले दुवै घटनामा माफी मागेका थिए।

यसअघि म्यानचेस्टर सिटीका रक्षक केली वाल्कर, एभर्टनका स्ट्राइकर मोइसे केन, एस्टन भिल्लाका कप्तान ज्याक ग्रालिसलगायतका खेलाडी पनि सामाजिक दूरीको नियम उल्लंघन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्