काठमाडौं। झापाको कचनकवल गाउँपालिकामा ६ जेठमा नाैजना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १० पुग्यो।
उनीहरू भारतको मुम्बईबाट दिल्ली हुँदै लुकिछिपी झापा पुगेका थिए। नेपाल छिर्ने क्रममा उनीहरूलाई सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कचनाकवलस्थित् पथरीया माविको क्वारेन्टाइनमा राखिएको थियो।
३५ जनाको पीसीआर परीक्षणका क्रममा उनीहरूमा कोरोना पोजिटिभ देखियो। एउटै कोठामा बसेका सबै जनामा पोजिटिभ देखिएको थियो।
कचनकवल गाउँपालिकासँग भारतको ४७ किलोमिटर सीमा नाका जोडिएको छ। सीमा क्षेत्रका ७० स्थानमा सुरक्षाकर्मी खटाइएको छ। तर, ती क्षेत्रबाट लुकिछिपी आउने क्रम नरोकिएको गाउँपालिका अध्यक्ष अन्जरा आलम बताउँछन्।
“हामीले सीमा क्षेत्रमा चौबिसै घण्टा सुरक्षाकर्मी खटाएका छौं। तर, पनि कसरी हो कसरी मानिसहरू नेपाल प्रवेश गरिरहेकै छन्। जसले जोखिम अत्यन्तै बढाएको छ”, अध्यक्ष आलमले देखापढीसँग भने।
६ जेठको राति मात्र ८ जना भारतबाट आएको उनको भनाइ छ। भारतमा रेल सञ्चालनमा आउँदा नेपालमा जोखिम झन बढिरहेको उनको भनाइ छ।
“दिल्ली, मुम्बई लगायतका शहरबाट रेलमा यात्रा गरेर नेपाली सीमा नजिक आउँछन। त्यहाँबाट राति राति नेपाल छिर्ने गरेको देखियो। भारतीय सुरक्षाकर्मीले समेत निर्वाध रूपमा नेपाल छिर्न दिइरहेका छन्”, उनले भने।
भारतीय सुरक्षाकर्मीले दुई देशबीचको समझदारीलाई तोडेर राति नै नेपाल पठाउने गरेको उनको गुनासोछ।
नेपालमा रहेको आफ्न्तलाई जानकारी गराएर आउने गरे पनि आफूहरूलाई त्यसबारे जानकारी नगराउँदा जोखिम बढ्ने गरेको उनको भनाइ छ।
“घरमा म आउँदैछु भनेर टेलिफोनमार्फत् जानकारी गराउँछन्। तर, घरकाले हामीलाई जानकारी नै नदिई लुकाएर घरमै राख्ने मनसाय राखेका हुन्छन्। सीमामा कडा गस्ती भएकाले अहिलेसम्म घरमै प्रवेश गर्न त दिइएको छैन”, उनले भने।
कोरोनाको त्रास बढेसँगै ११ जेठसम्मका लागि पुरै गाउँपालिका सिल गरिएको छ। गाउँपालिका सिल गर्दै परीक्षणको दायर व्यापक बनाइएको अध्यक्ष आलमले बताए।
" /> काठमाडौं। झापाको कचनकवल गाउँपालिकामा ६ जेठमा नाैजना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १० पुग्यो।उनीहरू भारतको मुम्बईबाट दिल्ली हुँदै लुकिछिपी झापा पुगेका थिए। नेपाल छिर्ने क्रममा उनीहरूलाई सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कचनाकवलस्थित् पथरीया माविको क्वारेन्टाइनमा राखिएको थियो।

">