काभ्रेमा जीप दुर्घटना, सुनकोशी नदीमा दुईजना बेपत्ता
काठमाडौं। काभ्रेको भुम्लु गाउँपालिका-८ जीप दुर्घटनामा हुँदा दुईजना सुनकोशी नदीमा बेपत्ता भएका छन्।

दोलालघाटबाट भुम्लुकै सापिङतर्फ छुटेको बा१६ च ८८३८ नम्बरको जीप उकालोमा चढ्ने क्रममा नियन्त्रण हुन नसकेपछि सडकबाट भीरमा पल्टिदा दुईजना नदीमा खसेर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरूमा भुम्लु गाउँपालिका-१ का २६ वर्षीय अशोक गिरी र २७ वर्षीय भोला महत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख, एसपी रविकुमार पौडेलले बेपत्ताको खोजी कार्य जारी रहेको बताए।

जीपमा सवार चारजनाको भने उद्धार गरिएको छ। चालक र अन्य दुईजना सकुसल रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ३९ वर्षीया महिला सानुमाया गिरीको बनेपास्थित् शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्