आन्तरिक हवाई उडान शुरू गर्ने भारतकाे तयारी

न्यूदिल्ली। भारतले २५ मेदेखि आन्तरिक हवाई सेवा शुरू गर्ने तयारी गरेको छ।

लकडाउन जारी रहेकै अवस्थामा आन्तरिक हवाई उडानलाई क्रमबद्ध तरिकाले सञ्चालन गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

बीबीसी हिन्दीका अनुसार भारतका केन्द्रीय हवाई उड्‍डयन मन्त्रीले ट्वीट गर्दै २५ मेदेखि आन्तरिक हवाई उडान शुरु गर्ने बताएका छन्।

भौतिक दूरी कायम गर्दै हवाई उडानहरू हुने मन्त्री हरदीप एस पुरीले ट्वीटरमार्फत् जानकारी गराएका छन्।

यद्यपि अन्तर्राष्ट्रिय उडानहरू भने बन्द नै रहनेछन्। यसअघि भारतले देशव्यापीरूपमा रेल सेवासमेत शुरू गरिसकेकाे छ।

प्रतिक्रिया दिनुहोस्