काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ। वर्ल्डोमिटर डट इन्फोका अनुसार अहिले साँझसम्ममा २०० बढी देशमा कोरोना भाइरस फैलिएको छ र त्यसबाट संक्रमितको संख्या ५० लाख १२ हजार ५०५ पुगेको छ।
कोभिड-१९ कै कारण ज्यान गुमाउने पनि तीन लाखभन्दा बढी पुगिसकेका छन्। हालसम्म तीन लाख २५ हजार ४७३ जनाको त्यसरी ज्यान गएको छ। जुन संक्रमितको करीब ६.५ प्रतिशत हुन आउँछ।
यो अवधिमा उपचारपछि कोरोनामुक्त भएकाको संख्या पनि उल्लेख्य छ। करीब २० लाख मानिस भाइरसमुक्त भएका छन्।
सबैभन्दा बढी संक्रमित (१५ लाख ७१ हजार ३२८) र मृतक (९३ हजार ५६१ जना) संयुक्त राज्य अमेरिकाका छन्।
छिमेकी भारत उच्च संक्रमित भएका देशमध्ये ११औं स्थानमा छ। एक लाख सात हजार ७८९ जना संक्रमित भएको भारतमा तीन हजार ३१६ जनाले ज्यान गुमाएका छन्। अमेरिकापछि उच्च संक्रमित रहेको १० देशमा देशमा क्रमश: रूस, स्पेन, ब्रजिल, बेलायत, इटली, फ्रान्स, जर्मनी, टर्की र इरान छन्।
दक्षिण एशियाका आठ देशमा गरी करीब दुई लाखजना संक्रमित भएका छन्। चार हजार ८५० जनाको मृत्यु भएको छ।
नेपालमा पनि दिनदिनै संक्रमितको संख्या थपिइरहेको छ। हालसम्म ४२७ जना संक्रमित भएकोमा ४५ जना उपचारपछि कोरोनामुक्त भएका छन् भने दुईजनाको निधन भएको छ।
विश्वभर भएका कोरोना संक्रमित देशमध्ये नेपालभन्दा अगाडि १३० वटा देश छन्।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ। वर्ल्डोमिटर डट इन्फोका अनुसार अहिले साँझसम्ममा २०० बढी देशमा कोरोना भाइरस फैलिएको छ र त्यसबाट संक्रमितको संख्या ५० लाख १२ हजार ५०५ पुगेको छ।कोभिड-१९ कै कारण ज्यान गुमाउने पनि तीन लाखभन्दा बढी पुगिसकेका छन्। हालसम्म तीन लाख २५ हजार ४७३ जनाको त्यसरी ज्यान गएको छ। जुन संक्रमितको करीब ६.५ प्रतिशत हुन आउँछ।

">