स्वास्थ्य मन्त्रालयले भन्यो- ‘गुल्मीका काेराेना संक्रमित भेन्टिलेटरमा छन्’

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुल्मीका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रष्ट पारेको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको रुपन्देहीकै क्रिमसन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिए।

विभिन्न सञ्चारमाध्यममा आएका समाचारपछि मन्त्रालयले आधिकारिकरूपमा स्वास्थ्यका बारेमा प्रष्ट पारेको छ।

मन्त्रालयले संवेदनशील विषयमा आधिकारीक सूचना प्रयोग गरेर मात्रै प्रसारण गर्न सबैलाई अनुरोध गरेको छ।

आजै क्रिमसन अस्पतालले पनि विज्ञप्ति जारी गर्दै बिरामीका बारेमा फैलाइएका खबरमा सत्यता नभएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्