काठमाडौं। नेपालमा आजसम्म पीसीआर विधिबाट ३५ हजार ४९४ नमूना परीक्षण भएका छन्। त्यस्तै, आरडीटी किट विधिबाट ७५ हजार ७२ नमूना परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४८८ र आरडीटी किट विधिबाट ३ हजार ६१० थप नमूना परीक्षण भएका छन्।
आज थप २५ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार बाँकेको नरैनापुर-५ मा ५ जना र खजुरामा एकजनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, कपिलवस्तुमा १३ जना, धनकुटामा ५ जना र नवलपरासी पश्चिममा एकजना रहेका छन्।
उनीहरू सबै ३ देखि ४८ वर्ष उमेर समूहका रहेका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ।
अहिलेसम्म नेपालमा दुईजनाको मृत्यु भएको छ भने ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५९, २ मा १३६, बागमतीमा २६, गण्डकीमा ४, प्रदेश ५ मा १९६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित देखिएका छन्।
देशैभरका सातवटै प्रदेशका ३८ जिल्लामा संक्रमण देखिएको छ।
क्वारेन्टाइनमा आज देशैभर २३ हजार २०२ जना रहेका छन्। प्रदेश १ मा एक हजार ३०४, २ मा चार हजार १४४, बागमतीमा ३५३, गण्डकीमा ४६६, प्रदेश ५ मा १४ हजार २६२, कर्णाली प्रदेशमा ७६४ र सुदूरपश्चिममा एक हजार ९०९ जना क्वारेन्टाइनमा रहेका छन्।
मोबाइल एप र वेबपेजमार्फत् ४५ हजार ४५० ले स्वमूल्यांकन स्वास्थ्य फारम भरेका छन्। ती मध्ये ४२७ जनालाई रेडजोनमा राखिएको छ।
" /> काठमाडौं। नेपालमा आजसम्म पीसीआर विधिबाट ३५ हजार ४९४ नमूना परीक्षण भएका छन्। त्यस्तै, आरडीटी किट विधिबाट ७५ हजार ७२ नमूना परीक्षण भएका छन्।पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४८८ र आरडीटी किट विधिबाट ३ हजार ६१० थप नमूना परीक्षण भएका छन्।

">