२५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं। आज थप २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासीमा एकजना संक्रमित थपिएका छन्।

उनीहरू ३ देखि ४८ वर्ष उमेर समूहका रहेका छन्।

योसँगै नेपालका कोरोना भाइरस संक्रमित हुनेको संख्या ४२७ पुगेको छ।

नेपालमा अहिलेसम्म संक्रमितमध्ये ४५ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने दुई जनाले ज्यान गुमाएका छन्।