ललितपुरका सबै स्थानीय तहमा कोभिड-१९ परीक्षण

ललितपुर। काठमाडौं उपत्यकामा कोरोना संक्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना भाइरसको परीक्षण शुरू गरिएकाे छ।

स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक, सहचालक, सञ्चारकर्मीलगायतको परीक्षण गरिरहेका छन्।

यो एक महीनाभित्र संक्रमण फैलिएका जिल्लाबाट आएका नागरिकको समेत परीक्षण भइरहेको छ।

ललितपुर महानगरपालिकाले महानगरपालिका कम्पलेक्स, लगनखेलचोक र हरिसिद्धिमा परीक्षण गरिसकेकाे छ।

कतिपयको पीसीआर त कतिपयको आरडीटी विधिबाट परीक्षण गरिएको महानगरले जनाएको छ।

त्यस्तै गोदावरी नगरपालिका,महालक्ष्मी नगरपालिकाले पनि काेभिड-१९ परीक्षण गरिरहेका छन्।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने तीन गाउँपालिका महाँकाल, कोञ्ज्योसोम र वाग्मती गाउँपालिकाले पनि काेराेना परीक्षणलाई अगाडि बढाएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्