काठमाडौं। ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न संक्रमित भेटिएका जिल्ला पुगेका एक चिकित्सकमा कोरोना संक्रमण देखिएपछि नियमित फिल्डमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड-१९ परीक्षण गरिने भएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले संक्रमित देखिएका चिकित्सकको प्रत्यक्ष सम्पर्कमा रहेका र फिल्डमा खटिनेहरूको नमूना परीक्षणको तयारी भइरहेको बताए।
“अहिले संक्रमित देखिएका चिकित्सकको प्रत्यक्ष सम्पर्कमा को-को थिए, त्यसको हामी ट्रेसिङ गर्दैछौं”, उनले भने, “उनीहरूको परीक्षणसँगै फिल्डमा खटिनेको पनि परीक्षण हुन्छ।”
प्रदेश नम्बर ५ को कपिलवस्तु र रुपन्देहीमा केहीदिन अघि ट्रेसिङ गर्ने काममा खटिएर फर्किएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको हो।
हाल संक्रमित चिकित्सकलाई अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको छ।
विभागका अनुसार मन्त्रालय, रोग नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभागका फिल्डमा खटिने सबैको परीक्षण गरिनेछ। परीक्षण गरिएका व्यक्तिहरूको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई घरमै क्वारेन्टाइनमा राखिनेछ।
" /> काठमाडौं। ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न संक्रमित भेटिएका जिल्ला पुगेका एक चिकित्सकमा कोरोना संक्रमण देखिएपछि नियमित फिल्डमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड-१९ परीक्षण गरिने भएको छ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले संक्रमित देखिएका चिकित्सकको प्रत्यक्ष सम्पर्कमा रहेका र फिल्डमा खटिनेहरूको नमूना परीक्षणको तयारी भइरहेको बताए।

">