अमेरिकामा कोभिड-१९ का सबैभन्दा बढी बिरामी पुष्‍टि हुनु गर्वको कुराः ट्रम्प <p>वासिङ्टन। अमेरिकी राष्&zwj;ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा संसारमै सबैभन्दा बढी कोभिड-१९ का बिरामी पुष्&zwj;टि हुन सक्नु गर्वको कुरा भएको बताएका छन्।</p> <p>त्यसबाट अमेरिकाको स्वास्थ्य जाँच प्रोटोकल अत्यन्तै राम्रो रहेको पुष्&zwj;टि हुने उनको तर्क छ। &ldquo;यसलाई म सम्मानको दृष्&zwj;टिबाट हेर्छु। यसको मतलव हो हाम्रो स्वास्थ्य जाँच प्रोटोकल संसारमै सबैभन्दा राम्रो छ,&rdquo; उनले ह्वाइटहाउसमा भने।</p> <p>जोन हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १५ लाखभन्दा बढीमा कोभिड-१९ पोजिटिभ देखिएको छ भने करिब ९२ हजारले ज्यान गुमाइसकेका छन्।</p> <p>गत सोमबार भएको क्याबिनेट बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले संसारमै सबैभन्दा बढी परीक्षण भएकाले अमेरिकामा कोरोना भाइरसका संक्रमित बढी देखिएको बताएका थिए। सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार अमेरिकामा हालसम्म एक करोड २६ लाख जनाभन्दा बढीको कोभिड-१९ परीक्षण भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्