कालिमाटी वृत्तका २१४ प्रहरीलाई क्‍वारेन्टाइनमा राखियो, सबैको पीसीआर परीक्षण गरिने
काठमाडौं। दुईजना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण फेला परेपछि महानगरीय प्रहरी वृत्त कालिमाटीका सबै प्रहरी क्वारेन्टाइनमा बसेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार त्यहाँ कार्यरत् सबै २१४ जनालाई नै अहिले क्वारेन्टाइनमा राखिएको छ।
संक्रमित दुवै प्रहरीलाई  बलम्बुस्थित सशस्त्र प्रहरी कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ।
"कार्यालयको गेट नै बन्द गरेर सबै प्रहरीलाई क्वारेन्टाइनमा राखेका छौं। त्यस क्षेत्रको सुरक्षामा अन्यत्र युनिटबाट प्रहरी टोली परिचालन गरिएको छ", एसएसपी ज्ञवालीले भने।
पीसीआर विधिबाट सबैजनाको कोरोना परीक्षण गरिने भन्दै त्यसका लागि स्वास्थ्यको संयन्त्रले काम थालिसकेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्