"> बुटवलको क्रिमसन अस्पतालले भन्यो- ‘आईसीयूमा उपचाररत गुल्मीका संक्रमितको मृत्यु भएको छैन’: Dekhapadhi
बुटवलको क्रिमसन अस्पतालले भन्यो- ‘आईसीयूमा उपचाररत गुल्मीका संक्रमितको मृत्यु भएको छैन’
काठमाडौं। आफूकहाँ उपचाररत कोभिड-१९ संक्रमित पुरूषको मृत्यु भएको भन्ने समाचारको बुटवलको क्रिमसन अस्पतालले खण्डन गरेको छ।
विभिन्न सञ्चार माध्यममा गुल्मीका ती पुरूषको मृत्यु भएको भनेर हिजो ६ जेठदेखि नै आएका समाचारलाई अस्पतालले ‘गलत, भ्रमाक र अंतिरजीत’ भएको भन्दै त्यसको पछि नलाग्न आग्रह गरेको थियो।
आज पनि मृत्युको समाचार फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेर उनको मृत्यु भइनसकेको बताएको छ। “उहाँलाई भेन्टिलेरमा राखेर उपचार गरिरहेका छौं, मृत्यु भएको भन्ने समाचार सहि होइन। अवस्था भने जटिल नै छ," सञ्चालक सुरज भट्टराईले भने, "बिरामीको अवस्था गम्भीर छ। स्थिर छ। क्रिटिकल अवस्थामा पनि चिकित्सक, नर्सहरूले पीपीई लगाएर उपचारमा खटिरहनुभएको छ।"
गुल्मीको मदाने गाउँपालिका- ६ का ४१ वर्षीय पुरूष १ जेठदेखि अस्तपालमा उपचाररत छन्।
१ जेठमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याले आएका ती पुरूषको स्वाब संकलन गरी राष्ट्रिय गहुँबाली अनुसन्धान प्रयोगशालामा परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको थियो।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत उमाशंकर चौधरीले पनि देखापढीसँग कुरा गर्दै मृत्यु भइनसकेको बताए। “विभिन्न समाचार माध्यममा आएको समाचार मैले पनि देखें। तर उहाँको मृत्यु भइसकेको छैन,” उनले भने।
त्यस्तै प्रदेश ५ को प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख विनोदकुमार गिरीले पनि संक्रमितको मृत्यु नभएको बताए। “अस्पतालको प्रसासनिक फाँटका मान्छेले मृत्यु भयो भनिदिएछन्,” उनले देखापढीसँग भने, “त्यसपछि हल्ला फैलिएको रहेछ। अहिलेसम्म उहाँको उपचार भइरहेको छ। मृत्यु भएको छैन।”
प्रतिक्रिया दिनुहोस्